काठमाडाैं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा आएको बाढी-पहिरोबाट घर भत्किएकाहरुका लागि घर बनाउन पहल गरिदिने बताएका छन्।
असार २५ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुले सुरक्षित जग्गा खोजेको अवस्थामा घर निर्माणका लागि पहल गर्ने वाचा बस्नेतले गरेका हुन्। विस्थापित र घरबारविहीन भएकाहरुको वडा कार्यालयले तथ्यांक संकलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर बनाइदिन सहयोग गर्ने नेता बस्नेतले बताए। बाढीपीडितलाई सहयोग गर्ने क्रममा उनले यस्तो घाेषणा गरेका हुन्।
भोटेकोसी गाउँपालिकाका ८० घरपरिवार ताताोपानी ड्राइपोर्टमा अस्थायी रुपमा बसिरहेका छन् । घाइते र मृतक परिवारलाई समेत गरि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ वितरण गरेकाे बस्नेतले जानकारी दिए। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बाँनियासहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।