सिरहा-कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका-२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।
नगरपालिकाले सम्पन्न गरेको डिपीआरको भुक्तानीका लागि कमिसनस्वरुप सेवाग्राहीसँग मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेका थिए। सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए। पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार कार्यालय बर्दिबास लगिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।