काठमाडौं–सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गए राति पहिरो जाँदा २ घर बगाएको छ।
पहिरोमा ५ जना बेपत्ता भएको जनाइएको छ। प्रहरी घटनास्थल पुग्दै गरेको उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिएका छन्। पहिरोले अन्य घर र विद्यालयको भवनमा समेत क्षति भएको छ ।
पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए। प्रहरी घटनास्थलमा अझै पुग्न सकेको छैन ।
तस्बिर : श्रीधर न्यौपानेको फेसबुक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।