काठमाडौं– वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई अजर अमर सम्मानबाट सम्मानित गरिएको छ। गायक प्रधानलाई उनको निवास स्थान बागबजारबाट बग्गीमा सवार गराई आर्मी अफिसर्स क्लब टुँडीखेलमा कार्यक्रम गरी सम्मान गरिएको हो।
बागबजारबाट गायक प्रधान र उनकी श्रीमतीलाई बग्गीमा चढाई बाजागाजा सहित आर्मी अफिसर्स क्लब पुर्याइएको थियो। संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट सुरु गरेको मेची-महाकाली अभियानका क्रममा गायक प्रधानलाई सम्मानित गरेको हो। प्रधानलाई बग्गी सवार गराउँदा नेपालको गीत-संगीतका मुर्धन्य वक्तिहरु सहभागी भएका थिए।
प्रधानले 'घुम्तीमा नआउ है', 'तिमीलाई अचेल कहाँ देखुँ', 'गोरेँटो यो गाउँको', 'पर लैजाउ फुलहरु' जस्ता कालजयी गीत गाएका छन्।
नेपाली गीत संगीतको महत्व र गरिमालाई उचाइमा पुर्याबउनुका साथै यसको संरक्षण, प्रवर्धन गर्ने उद्देश्यका साथ संघले मेची-महाकाली अभियान सुरु गरेको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।