काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) काठमाडौ–तराई जोड्ने फास्ट ट्र्याकको परामर्शदाता कम्पनीलाई विश्व बैंकको १३ महिने प्रतिबन्ध, योसिनले भानुआतुको एभिएसन इन्भेस्टमेन्ट प्रोजेक्टमा गैरकानुनी काम गरेको आरोप
२) कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ३९ पुगे मृतक, काठमाडौंमा ७ सहित बुधबार ११६ जनामा संक्रमण, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो ।
३) तारागाउँ विकास समितिले डिडिए नगर्दासम्म हायात रिजेन्सीलाई रकम विदेश लैजान रोक, ६६ करोड विदेश लैजाने रिजेन्सीका सराफको योजना तुहियो ।
४) हङकङलाई दिइँदै आएको विशेष दर्जा अन्त्य गर्दै चीनसरह व्यवहार गर्ने आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर, अब विशेष अधिकार, आर्थिक प्राथमिकता र महत्वपूर्ण प्रविधि निर्यात नगर्ने भनाइ
५) र, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको संघर्षपूर्ण जित, नर्विच सिटीलाई १–० गोलअन्तरले पराजित, तेस्रो स्थानमा रहेको चेल्सीको जितसँगै ३६ खेलबाट ६३ अंक
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।