काठमाडौं- नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई बढुवाको सिफारिस गरेको हो।
सिफारिसमा परेका दुवैजना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।