काठमाडौं– ग्याङफाइटको क्रममा राजधानीमा दुई बिद्यार्थी घाइते भएका छन्। खुकुरी आक्रमणमा परी देवेश चौधरी र विराज बुढाथोकी पक्राउ परेका हुन्।
बिहिबार उनीहरुलाई शान्तिनगरमा खुकुरी प्रहार भएको थियो। शान्तिनगरको बागमती करिडोरमा उनीहरुलाई खुकुरी हान्ने ५ जनालाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सप्तरीका सतिश यादब, रौतहटका सौभर चौवे, सर्लाहीका सुनिल कुमार झा, सप्तरीका पवन भण्डारी र सिराहाका निमेश उप्रेती छन्।
बानेश्वर वृत्तका डिएसपी रविकुमार पौडेलका अनुसार दुई समूहबीच केही दिनयता झगडा हुँदै आएको थियो। बुधबार पनि झगडा भएको थियो। बिहिबार उनीहरुले खोला कोरिडरमा भेट्न बोलाएर खुकुरी हानेका हुन्। पक्राउ परेका उपर ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका र घाइतेहरु कलेजका बिद्यार्थी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।