प्रतीकात्मक तस्बिर
काठमाडाैं- पर्यटन व्यवसायीले सरकारलाई आन्तरिक तथा बाह्य उडान खुलाउन आग्रह गर्ने भएका छन्। पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी आन्तरिक तथा बाह्य उडान खुलाउन सरकारलाई आग्रह गर्ने जानकारी दिएका हुन्।
पर्यटनसँग सम्बन्धित व्यवसायिक संघ सस्थाहरुले सरकारद्वारा जारी सुरक्षा निर्देशिका अनुरूप पर्यटन व्यवसाय सुचारू गर्दै नियमित समय तालिका बमोजिम आन्तरिक तथा बाह्य हवाई सेवा संचालन गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गर्न लागेका हुन्।
सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेसँगै आन्तरिक तथा बाह्य उडान बन्द गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।