काठमाडौं- सानिमा बैंकको अगुवाइ तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहअनुगाइमा अन्य ८ वटा वाणिज्य बैंकले सिजी सिमेन्टको क्षमता विस्तारमा लगानी गर्ने भएका छन्।
यी बैंक मिलेर सिमेन्टको क्षमता विस्तारका लागि २ अर्ब ३७ करोड ८० लाख रूपैयाँ ऋण दिने समझदारीमा हस्ताक्षर गरेका छन्।
सिमेन्ट उद्योगको क्षमता १९५० टन प्रतिदिनबाट बढाएर २९५० टन प्रतिदिन बनाउने गरी विस्तार गरिने भएको छ।
सानिमा र इन्फ्रास्ट्रक्चरसहित ग्लोबल आइएमई, कुमारी, सनराइज, प्रभु, नेपाल, सेञ्चुरी एन, एनसिसी र नेपाल एसबिआई बैंकले ऋण लगानी गर्नेछन्।
सहवित्तीयकरण एवं ऋण लगानी सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनीका अध्यक्ष निर्वाण चौधरीले तथा अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईँले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।