काठमाडौं- सिद्धार्थ बैंकले बुधबारदेखि नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो।
कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको जनाएकाे छ।
सजिलो बैंकिङ सेवा, शाखारहित बैंकिङ, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ३०० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको क्रेडिट कार्डजस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।