काठमाडौं- आइएमईमार्फत् पैसा पठाउँदा तुरुन्तै बैंक खातामा जम्मा हुने भएको छ। आइएमईले सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमईमार्फत् सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने व्यवस्था मिलाइएको हो।
देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालका पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँग लिन सक्ने छन्। यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा रहेका व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर)मार्फत् समेत उपलब्ध हुनेछ। विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुने बताइएकाे छ।
आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भागमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाइएकाे छ।
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याैट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने छ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यु आरमार्फत् भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट बञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।