काठमाडौं- फर्स्ट फाइक्रोफाइनान्सले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यकाल सकिएसँगै सहायक प्रमुख कार्यकारी अधिकृत दानराज पन्तलाई कायम मुकायम सिइओमा नियुक्त गरेको छ। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सिइओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।
पन्थीको बुधबारदेखि प्रमुख कार्यकारी अधिकृतको करार अवधि समाप्त हुँदैछ। आज बसेको सञ्चालक समितिको बैठकले पन्तलाई कायम मुकायमकाे जिम्मेवारी दिनुका साथै उनको सचिव पदको जिम्मेवारी पनि यथावत रहने निर्णय गरेको हाे।
पन्तले साउन एक गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन्। पन्त ११ वर्षदेखि माइक्रोफाइनान्समा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।