काठमाडौं- पोलिमर नोट घोटाला प्रकरणमा विशेष अदालतले पूर्व गभर्नर तिलक रावलसहितलाई सफाइ दिने फैसला गरेको छ। मंगलबार विशेष अदालतले उनीहरूलाई सफाइ दिएको हो। सफाइ पाउनेमा राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे रहेका छन्।
उनीहरूविरूद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरिएको थियो।
शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको इजलाशले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको हो।
अख्तियारले २०७५ पौस ५ मा तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।