काठमाडौं- रूकुम चौरजहारीको घटनाको उद्गम बिन्दु जातीय विभेदबाट सुरू भएको संसदीय समितिले ठहर गरेको छ। घटनास्थल पुगेर अध्ययन गरेको उच्च स्तरीय संसदीय समितिले यो घटना घट्नुको कारण जातियता भएको सर्वसम्मत निष्कर्ष निकालेको हो।
सभामुख अग्नी सापकोटालाई घटनास्थलको अध्ययन प्रतिवेदन बुझाउँदै समितिले उक्त घटना अमानवीय‚ क्रूर भएको ठहर गरेको छ।
सत्तापक्ष सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गत जेठ २६ गते ९ सदस्यीय संसदीय समितिको गठन गरिएको थियो। उनीहरूलाई एक महिनाको कार्यावधी दिइएको थियो। उनीहरू उक्त घटनाको अध्ययन गर्न रूकुम पुगेका थिए। सो घटनामा संलग्न भनिएकाहरू जिल्ला अदालतको आदेशले हाल थुनामा रहेका छन्। उक्त घटनामा परी नवराज विकसहित ६ जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।