चौतारा- मेलम्ची खानेपानीको सुरुङमा समस्या भई काठमाडौं पठाएको पानी मेलम्ची नै फर्कदा मुहानमा रहेका मजदुर बगाएको छ। खानेपानी काठमाडौं लैजानका लागि परीक्षण गर्दा मुहानमा काम गर्ने २ जना मजदूर घाइते भएका छन् भने २ जना बेपत्ता छन्।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाका अनुसार सुरुङको बीचमा समस्या आई पानी फर्कदा मजदुरहरु बगाएको हो। केही समयअघि सुरुङ परीक्षणका लागि भन्दै मेलम्चीको पानी सुरुङमा हालिएको थियो।
घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन्। सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रज्जवल महर्जनले बताए।
घाइतेहरुलाई मेलम्ची अस्पतालमा उपचार लागि पठाइएको छ। पूर्ण विवरण आउन बाँकी रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।