काठमाडौं- सगरमाथा इन्स्योरेन्स कम्पनीले चंकी क्षेत्रीलाई थप एक कार्यकालका लागि जिम्मेवारी दिने निर्णय गरेको छ। क्षेत्रीलाई असार १८ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पदस्थापन गरिएकाे हो।
उनको यसअघिको कार्यकाल असार १८ गते नै सकिएको थियो। गत जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल दोहोर्याउने निर्णय गरेको थियो। क्षेत्री विगत २५ वर्षदेखि बिमा क्षेत्रमा कार्यरत छन्।
सगरमाथामा उनले सन् १९९८ देखि काम गर्दै आएका छन्। सगरमाथाभन्दा अगाडि उनले ओरियण्टल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा काम गरेका थिए। बिमा क्षेत्रमा राम्रो दख्खल राख्ने क्षेत्री विभिन्न क्याम्पसहरुमा अध्यापन गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।