काठमाडाैं- तीज पर्व नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीज गीत आउने क्रम सुरु भएकाे छ। लकडाउनले प्रभावित बनेकाे नेपाली संगीत बजारमा अहिले अन्य गीत पनि आउन थालेका छन्। यहि क्रममा 'रोल्पाली दाइ' खिम घर्ती मगरको पहिलो गीत 'निष्ठुरी' बजारमा आएको छ।
उनकाे गैरी खेतमा जौं निष्ठुरी मायालाई बिर्सनै भो धाै... बोलको गीत बजारमा आएको हाे। खिम घर्ति मगर र सोनिया डिसीको स्वरमा रहेको गीतमा बिरेन्द्र खड्का 'बेस्टु'काे शब्द र संगीत रहेकाे छ।
बिरेन्द्र वलीको निर्देशन, प्रकाश खड्काको छायांकन र दिपक विष्टको सम्पादन रहेको गीत जलजला टिभीले बजारमा लिएको हाे। भिडियोमा बिरेन्द्र वली र शशिकला राईको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।