एजेन्सी–भारतका सोमबार एकै दिन २८ हजार कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार सोमबार २८ हजार ७ सय १ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कूल संक्रमितको संख्या ८ लाख ७८ हजार २ सय ५४ पुगेको छ। यसैगरी थप ५ सय जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार १ सय ७४ पुगेको छ।
सबैभन्दा धेरै प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ५४ हजार ४ सय २७ पुगेको छ भने दिल्लीमा १ लाख १२ हजार ४ सय ९४ पुगेको छ। महाराष्ट्रमा १० हजार २ सय ८९ र दिल्लमिा ३ हजार ३ सय ७१ जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतको अर्को प्रभावित राज्य तमिलनाडुमा १ लाख ३८ हजार ४ सय ७० संक्रमित र १ हजार ९ सय ६६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।