• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मालपोतका कर्मचारी र भूमाफियाको खेल : ५ करोडको जग्गा हत्याउन मृतक भारतीयलाई यसरी बनाइयो अनुपकुमार खत्री 

गैर नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी गरी बिक्री गर्ने सहसचिवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  ११:५३
1140x725

काठमाडौं-भूमाफिया, भूमिसुधार, मालपोत र नापीका कर्मचारीबीच हुने साँठगाँठले कसरी सरकारी जग्गा व्यक्तिको नाममा हुन्छ भन्ने नयाँ उदाहरण नवलपरासीमा देखिएको छ। 

नवलपरासीको तत्कालीन सनई गाविसको करिब ५ करोडभन्दा बढी मूल्य पर्ने ३२-२-१७।२५ क्षेत्रफलको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा काल्पनिक व्यक्तिको नाममा दर्ता गराई अन्य व्यक्तिलाई बिक्रीसमेत गरेको पाइएको छ। 

मृत्यु भइसकेका भारतीयलाई नेपालका काल्पनिक एक व्यक्तिको हकवाला बनाएर भूमाफियाले सरकारी जग्गा हडेपका थिए। 

अपुतालीको कानुनी व्यवस्थालाई प्रयोग गर्दै उनीहरुले भूमिसुधार कार्यालय, मालपोत र नापी कार्यालयका कर्मचारीको सेटिङमा जग्गा हत्याएको पाइएको थियो। 

गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरि जग्गा बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन मालपोत कार्यालयका अधिकृत तथा हालका सहसचिव टीकाराम ज्ञवालीसहितविरुद्ध ५ करोड ५ लाख ४२ हजार विगो दावी गर्दै मुद्दा दायर गरेको हो। 

नवलपरासी साविक सनई गाविस वडा नं ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गाहरु हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ।  

भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानुनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गैरकानुनी निर्णय गरि विदेशी नागरिकलाई जग्गा बिक्रीमा सहयोग गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ। मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेत प्रलोभनमा परी भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोबास गर्ने  भनि जग्गा बिक्री गराएको आयोगको अनुसन्धानमा देखिएको थियो। 

भारतमा मृत्यु भएको व्यक्तिलाई नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला नै फरक पारी जग्गा नामसारी गरिएको पाइएको थियो। मुलुकी ऐन अपुतालीको महलको १७ नंतथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२–२–१७‍.२५ बिघा जग्गासमेत भारतीय नागरिक पीएस मेहराको छोरा अनुप मेहराबाट बिक्री वितरण गराउने कार्य भएको आयोगको अभियोगपत्रमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी र सिफारिस दिने स्थानीय निकायका कर्मचारी एवं स्थानीय व्यक्तिसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

काल्पनिक (अस्तित्वमै नरहेका) व्यक्ति प्रेमशरण खत्रीका नाममा जग्गा कायम गरी अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाएर नामसारी गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। 

हाल ती जग्गा देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नाबालक), तेजप्रतापसिंह सैथवार (नाबालक), रितुकुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमाकुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको आयोगको अभियोगपत्रमा उल्लेख छ।

जग्गाधनिहरु भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको नदेखिए पनि नेपाल सरकारको नाममा कायम हुनुपर्ने जग्गा भएकाले अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जग्गा जफत हुने हकमा मात्र उनीहरुलाई प्रतिवादी बनाउँदै र उक्त जग्गाहरुमा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन माग गर्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा

  • तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली
  • तत्कालीन भूमिसुधार अधिकारी इश्वरप्रकाश कलवार
  •  तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी
  •  तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी
  • तत्कालीन नायब सुब्बा रमेशमान श्रेष्ठ
  •  तत्कालीन गाविस सचिव नन्दलाल दास
  •  तत्कालीन गाविस सचिव बुद्धिसगार सुवेदी
  • तत्कालीन गाविस सचिव नन्दलाल कुम्हाल कोहार
  • तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का
  • तत्कालीन खरिदार नेत्रबहादुर चौधरी
  • खरिदार अमृतकुमार काम्मुमगर
  • तत्कालीन खरिदार खगेन्द्र पराजुली
  • गेरमी गाउँपालिका ५ बस्ने रविकुमार खत्री

 
 

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ११:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्