काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज बाढीका कारण भारतसँग सीमा जोडिएका तराईका जिल्लामा डुबानको जोखिम रहेको जनाएको छ।
यस्तै, आज कन्काई, कोसी, कमला, बागमती, नारायणी नदी र प्रदेश १, २, बागमती तथा गण्डकी प्रदेश भई बहने नदीमा उच्च बहाब रहने पनि महाशाखाले जनाएको छ।
आज कोसी, नारायणी, बागमती, कमला र यसका सहायक नदीहरुमा बहाव बढ्दो क्रममा रहेको र पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा बहाब स्थिर रहे पनि सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ।
महाशाखाले ३ दिनको बाढी पूर्वानुमान जारी गर्दै आज कोसीमा बहाब केही घट्ने तर सतर्कता आसपास नै हुने जनाएको छ। यस्तै, नारायणीमा बहाब बढ्ने र सतर्कता आसपास पुग्न सक्ने, नारायणीको सहायक नदी कालिगण्डकीलगायतमा बहाब खतरा आसपाससम्म पुुग्न सक्ने उल्लेख गरेको छ।
यस्तो छ ३ दिनको बाढी पूर्वानुमान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।