काठमाडौं- उपत्यकाका ग्रान्डी र ह्याम्स अस्पतालले स्वीकृति नलिई नै कोभिड-१९ को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ। मन्त्रालयले यी दुई अस्पतालले सरकारी निर्देशिका विपरित स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानविन गर्न लागेको जनाएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय समिति गठन गरेको हो। उत्पयका यी दुई सहित केही अस्पतालले मन्त्रालयबाट स्वीकृत नलिई कोभिड-१९ को परीक्षण गरिरहेको भन्नेबारे छानविन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
उक्त समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।