नयाँ दिल्ली- बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनमा पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। उनीसँगै छाेरी आराध्या बच्चनमा पनि काेराेनाकाे संक्रमण देखिएकाे छ।
यसअघि बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएकाे थियाे। कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।
बच्चन परिवारमा चार जनामा काेराेनाकाे संक्रमण देखिए पनि जया बच्चनमा भने काेराेना नेगेटिभ देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।