काठमाडाैं- राष्ट्रपति चुरेको बाँस विरुवा खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बारामा कार्यरत सहायक वन अधिकृत पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुई वर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद तथा रोपण गरी नर्सरी ब्याड निर्माणको लागि खरिद गरेको विरुवामा भ्रष्टाचार गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ।
२०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरी सक्ने तीन लाखको कार्यादेशअनुसार कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको विरुवालाई देखाएर नक्कली बिल बनाएर भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ। अख्तियारले पटेललाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद बिगो र जरिवाना गर्न माग गर्दै आइतबार विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।