काठमाडाैैं-संखुवासभाको सिल्चुङ गाउँपालिका-१ को बेसिन्दामा पहिरोले ९ घर बगाउँदा बेपत्ता भएकाहरुको नाम खुलेको छ। आज बिहान पहिरो जाँदा ११ जना बेपत्ता भएका थिए।
बेपत्ता हुनेहरुमा राममान राई, हस्तीकुमारी राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, राजमाया राई, हर्कधन राई र आइतमाया राई रहेको सोही गाउँपालिकाका नेकपा अध्यक्ष हस्तमान राईले जानकारी दिए।
पहिरोमा परी चार जना घाइते भएका छन्।
घाइतेहरुको उद्धार तथा बेपत्ताहरुको खोजीको लागि प्रहरी टाेली घटनास्थल पुगेको जानकारी प्राप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।