काठमाडौँ- सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लागेकका महिला पत्रकार समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हस्तान्तरण गरेका छन्।
रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बिहीबार लुक्ला प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा प्रदान गरेका हुन्।
'हिमाल त हलचल हुँदैन, त्यहीँ रहन्छ तर जीवन फेरिफेरि पाइन्न, त्यसैले आफ्नो स्वास्थ्य र इम्युनिटी पावरको ख्याल राख्नु,' ओलीले भने, 'मौसम प्रतिकूल भए जबर्जस्ती आरोहण नगर्नु र फर्कनु; फेरि पछि चढ्नु।'
समूहमा रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), रोशा बस्नेत (रासस), देउराली चाम्लिङ (स्वतन्त्र पत्रका ), कल्पना महर्जन (मेघा टेलिभिजन) र प्रियालक्ष्मी कार्की (न्यूज २४) छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।