काठमाडौं- रुरु जलविद्युत् परियोजनाले ८ लाख १५ हजार ४१० कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गर्ने छ। कम्पनीले प्रभावित क्षेत्र र सर्वसाधारणको लागि बराबर सेयर निष्काशन गर्ने भएको हो।
प्रभावित क्षेत्रका बासिन्दाले आधार मूल्य प्रति कित्ता १०० रुपैयाँको दरमा प्राप्त गर्नेछन् भने सर्वसाधारणले प्रतिकित्ता १२० रुपैयाँको दरमा खरिद गर्नुपर्ने छ।
प्राथमिक सेयर निष्काशन गर्न इक्रा नेपालले गरेको रेटिङ अनुसार इक्राएनपि आपिओ ग्रेड चार रहेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको अपर हुग्दी खोला हामइड्रोपावर निर्माण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।