काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बोर्डमा निवेदन दिएसँगै कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अगाडि बढेको छ।
धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्न सक्ने छ। कम्पनीले सर्वसाधारणतर्फ ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्ने छ।
कम्पनीको स्थापना गर्नु अगाडि नै संस्थापकहरुले एक अर्ब ४० करोड रुपैयाँको पुँजी जुटाइसकेका छन्। प्राथमिक सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुग्ने छ। बिमा ऐनअनुसार जीवन बिमा कम्पनीको चुक्ता पुँजी न्यनूतम २ अर्ब रुपैयाँ पुग्नु पर्ने व्यवस्था छ। आइपिओ निष्काशनपछि संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ७०:३० कायम हुनेछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीले यस अगाडि नै साधारणसभाबाट प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।