काठमाडौं- फेसबुकलगायत सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरेर आत्महत्या गरिएका भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गर्ने वा शेयर गरेको पाइएमा कारबाही हुने चेतावनी प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दिएको छ।
पछिल्लो समयमा आत्महत्या गर्ने व्यक्तिले फेसबुक लगायतका सामाजिक सञ्जालमा मृत्युकालीन अवस्थाको लाइभ स्ट्रिमिङ गर्ने कार्य बढेको र त्यस्ता भिडियो अन्य व्यक्तिले शेयर गर्ने पाइएको बारे भन्दै गम्भीर ध्यानाकर्षण भएको साइबर ब्यूरोले जनाएको छ।
ब्यूरोले यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने र मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गर्न सहयोग पुयाउने भएकाले आत्महत्या दुरुतसाहनमा कारबाही गरिने कसैले आत्महत्याको लाइभ गरेको जाकनारी भएमा प्रहरीमा खबर गर्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।