• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

संस्मरण : मन परेकी केटी

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ७, २०७५  ०१:४२
1140x725

'पोखरा पुग्ने बित्तिकै फोन गर्नू।’

घरबाट निस्किँदै गर्दा बुवाले भन्नुभो।

'हवस्' भन्दै म पोखराका लागि गाडी चढ्न राजमार्गतर्फ लागेँ।

त्यसताका रामकृष्ण ढकालका धेरै गीतहरु कण्ठस्तै गुनगुनाउन सक्ने भइसकेको थिएँ। जस्तो अहिले नुसरत फतेह अलि खानलाई सुनिबस्छु। मोबाइलमा ‘मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ’ बजिरहेको थियो। यता म पनि उही जुनी काट्ने मान्छेको खोजीमा निस्केको थिएँ। 

थप यात्रु चढाउन बस नारायणगढ पुगेर रोकियो। यात्राका लागि आवश्यक पानी र लेज लिन गाडीबाट उत्रिएँ। तर फर्किने बेला एक युवती मेरो सिटमा थिइन्। 

ठ्याक्कै उही हो भनेर मैले ठम्याउन त सकिन तर अपरिचित जस्तो पनि लागेन।

यात्राका क्रममा निम्तिने केही असहज स्थितिका बारेमा बार्गेनिङ सकिएपछि अन्ततः म सिट छोड्न राजी भएँ र उनको आडैको सिटमा बसेँ। उसो त एक्लै थिएँ यात्रामा। लागेको थियो कि उसलाई गुमाउन नपरोस्। ताकि उसँग बोल्ने मौका मिलोस् र यात्रा सहज कटोस्।

म उसँग बोल्ने, जिस्किने मौका खोज्न थालेँ। २४ वर्षीय युवकले यसो गर्नु, सोच्नु गलत थिएन। गलत होइन र गलतै भए पनि ‘ड्याम केयर..’। गाडीभित्रका मान्छे सबै आ–आफ्नै सुरमा थिए। म भने त्यो परिचित जस्तो लाग्ने अनुहारलाई सम्झिने कोसिस गर्न थालेँ। जुगेडीको पुल काट्ने बित्तिकै दिमागमा क्लिक् भयो। लाग्यो ऊ कक्षा ९ पढ्दाताका युनिसेफले दिएको एउटा तालिममा भेटिएकी ‘सिमी’ हो। ‘सिमी’ याने कि सिलवाल मिलन।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि हाम्रो भेट मुस्किलले एकाध पटकभन्दा बढ्ता भएको थिएन। जेसुकै होस् बोल्ने आँट गरे।

‘मिलनजी, कहाँसम्म पुग्ने तपाईं?’

मैले ‘मिडियम पेस बल’ फ्याकेँ।

‘मेरो नाम हजुरलाई कसरी थाहा भो?’

Xtrem

Xtrem

उसले बडो गज्जबले ‘डिफेन्स’ गर्न खोजी। 

‘तपाईंको नाम मात्रै होइन, थर अनि घर सबै जान्दछु।’

मैले यो पटक ‘गुग्लीबल’ फ्याकेँ। ऊ यो पटक भने ‘क्लिन बोल्ड’ भई। म ढुक्क भएँ, ऊ मिलन नै हो भन्नेमा।

उसको घर पोखरा बसपार्कमा रहेको होटेल इमेजको आसपासमै थियो। भेट कम तर भेटिएको थोरै समयमा पनि उसँग जोडिएका केही गजबका किस्सा अझै पनि याद छन्। जस्तो तालीमको क्रममा फुकेको कन्डोम लात्ताले फुटाउन नसक्दा हामी सबैले उसलाई जिस्काएका थियौं। त्यसपछि ऊ लाजले रातो पिरो भएकी थिई। तालीमको अन्तिम दिन हामी छुट्टिँदा ऊ जोडले रोइकी थिई। सायद त्यसरी ऊ बिहेको दिन बिदाइमा पनि रुन्छे/रुदिन। मैले यी किस्सा उसलाई सुनाएँ। 

ऊ मुसुक्क मुस्कुराई र भनी– ‘तिमी नारायण हौ?’

ऊ तपाईँबाट सिधा तिमीमा झरी। यस्तो लाग्यो उसले परिचित हुनुको फाइदा उठाई।

‘कसरी चिन्यौ?’ म पनि तिमीमा झरेँ।

‘यी किस्सा थाहा हुने तिमी र रवि मात्र हो। ऊ मसँग सम्पर्कमा छ अनि बाँकी रह्यौ तिमी। यत्तीका समय सम्पर्कमा नरहनुका कारण, पढाइ, विवाह, त्यसपछिका जीवनका आरोह–अवरोहलगायत प्रसंग पोखरा पुग्दासम्म हाम्रा गफका खुराक बने। साथमा नारायणगढमा किनेको लेज, मुग्लिनमा चटपट, आँबुखेरेनीमा खाएको नास्ताले बागलुङ जान हिँडेकी मिलनसँगको त्यो यात्रा सम्झनलायक बन्यो। 

हिमाल नजिकै देखिन थालेपछि पोखरा प्रवेश गरिसकेको जनाउ मिल्यो। बसको झ्यालबाहिर चाखपूर्वक हेरेँ, लेखनाथ आइपुगेका रहेछौं। 

खल्तीबाट मोबाइल झिकेँ र बुवालाई फोन गरेर पोखरा आइपुगेको खबर बताएँ। म कतै निस्किए बुवा बढी आत्तिनुहुन्छ। यसकारण पनि हरेक पटक गन्तव्यमा नपुग्दै फोन गर्छु। ताकि बुवा आत्तिने समय थोरै भए पनि घटोस्। तर यात्रा न हो, छोटो दूरीमा पनि घटना हुनसक्छ। 

‘बाग्लुङ पुग्ने बित्तिकै फोन गर्नू है मिलन।’

ऊसँग बिदा मागे र पृथ्वीचोकमा गाडीबाट उत्रिएँ। गाडी आफ्नो बाटो लाग्यो यता म भने आन्टीको घरतर्फ सोझिएँ। 

घर पुगेपछि आमालाई ढोग गरेँ। 

‘आमा! कान्छी खोई त?’

म पोखरा पुगेपछि हरेक पटक आमालाई गर्ने पहिलो प्रश्न नै यही हो। म आन्टीलाई आमा नै भन्छु। मैले आमाभन्दा उहाँ पनि खुसी हुनुहुन्छ। मलाई पनि आन्टीभन्दा आमा सम्बोधन प्रिय र सहज लाग्छ।

‘कोठामा पढ्दै होली नि।’

यत्ति बोलेर आमा माथिल्लो तलातिर लाग्नुभो।

‘कान्छी, ए कान्छी!’ म उसको कोठातर्फ लागेँ।
‘हजुर... ए, दाइ पो! दाइ दर्शन।’

ऊ कोठाबाट निस्किइ। 

‘भाग्यमानी हुनु, छिटै बहिनी ज्वाइँलाई आशीर्वाद दिन पाइयोस्।’

मैले उसलाई चिढ्याउन सुरु गरें।

‘हेहे ज्वाइँ खोज्नुस् न त।’

ऊ हाँसी। ऊ मभन्दा केही कम छैन। उमेरले मभन्दा सानै छे। नाताले बहिनी हो, तर ऊ मेरी बहिनी कम साथी ज्यादा हो। 

त्यो दिन उसँग जिस्किदै सकियो। साँझमा दाजुभाउजू कामबाट फर्किनुभो। घरको माहोलले थप गति लिए जस्तो लाग्यो। दाइसँग गफ चल्दै थियो। खाना खाने बेला भएपछि हामी भान्सातर्फ लाग्यौं। 

‘थकाइ लागेको होला सुत अब। भोलि फुपू आएपछि केटी हेर्न जानुछ।’ 

दाइको निर्देशनमा केही प्रतिक्रिया नदिई मात्र हवस् भनेर म कोठातर्फ लागेँ। 

‘तँलाई देखाउने भनेको केटी हिजै इन्डिया गैछ।’ भोलिपल्ट बिहानै फुपुदिदी बिस्तारा नजिक आएर भन्नुभयो। 

पहिलो गासमै ढुंगा लाग्यो। तर, यो ढुंगाले दाँतमा असर गरेन। झन् मनमा सकारात्मक ऊर्जा सञ्चार भयो। मन फुरुंग भयो। कारण मेरो यति छिटै बिहे गर्ने मनसाय थिएन।

‘एउटी केटी लेखनाथमा छे। खाना खाएर त्यतै हिँड’, फुपुले थप्नुभो। यस्तो लाग्यो विकसित भइरहेको खुसीको भु्रणहत्या भयो। 

दाइभाउजूसँगै म र दिदी सवार कार लेखनाथको मुख्य सडक छोडेर दक्षिणतर्फ लाग्यो। केही मिनेटको यात्रापछि एक तले मुन्डा घरको नजिकै पुगेर कार रोकियो। हामी कारबाट ओर्लिएर सरासर घरभित्र छिर्‍यौं। एक बुज्रुक जोडीले हाम्रो स्वागत गरे। सायद केटीका बाआमा थिए।

‘केटो उही हो।’

दिदीले ढिलो नगरी मतिर इंगित गर्दै भन्नुभो। उनीहरुले पनि आँखा सोझ्याए। केही समयको भलाकुसारी चलेको मात्रै के थियो। रातो कुर्ता-सलवारमा सजिएकी एक युवती हातमा चियाको रिकापी बोकेर कोठामा छिरिन् र कप मैतिर तेर्साउँदै भनिन्– ‘चिया लिनुस्।‘

चिया समाउने निहुँले मैले उसलाई पुलुक्क हेरेँ। उसले थोरै शिर झुकाएर मलाई हेरी।

‘नानी उही हो’, मेरो ठीक अगाडि बसेका तिनै केटीका बुवाले भने। 

मैले एक पटक फेरि हेरेँ। उसलाई देख्दा थोरै डर पैदा हुनुपथ्र्यो यात थोरै भए पनि खुसी। केटीको मामलामा म त्यति खुल्ने मान्छे होइन। त्यसैले लाग्थ्यो, कम्तीमा पनि मुटु साविकभन्दा जोडले चल्नुपर्थ्यो। अरुलाई त्यस्तो नलाग्न पनि सक्थ्यो। मैले यस्तो केही महसुस गरिन। 

केहीबेर सोचेँ मेरो मनले ग्रिन सिग्नल दिएन। मनले हुन्न भन्दाभन्दै खोक्रो आदर्शको खोल ओढेर ऊ राम्री छ, आनीबानी राम्रो छ, घर गरेर खान्छे भनी कसैले भनिदिएकै भरमा मैले हुन्छ भनेर उसलाई र म आफैंलाई जिन्दगीभर धोका दिनुहुँदैनथ्यो भन्ने लाग्यो र दिइन पनि। 

खोक्रो आदर्शले जिन्दगी चल्दैन भन्ने कुरा ब्याच्लर पढ्दाताकासम्म कलम किन्ने पैसा नहुँदा आमाको मैलो साडीको एक टुप्पाको कसिलो गाँठो खोलेर पाँच रुपैयाँ निकाल्दा बुझेको थिएँ। साँच्चै, त्यस घटनापछि मैले पढ्न छाडेँ। तर, आमाको साडीको त्यो गाँठो फुकाउन कहिल्यै छाडिनँ। फरक यत्ति हो, उः बेला गाँठो फुकाएर त्यत्तिकै छाडिदिन्थेँ। आजकल फुकाएको साडीको टुप्पामा केही राखेर गाँठो पारिदिन्छु। चाहे त्यो केही रूपैयाँ होस्, चाहे त्यो केही बुँद आँसु नै किन नहोस्।

चियाको एक चुस्की लिएर मैले कप भुइँमा राखेँ। त्यसताका म चिया त्यत्ति पिउँदिन थिएँ। आँखैआँखाको इशारामा यो केटी हुन्न भनेर मैले दाइलाई भनिदिएँ। परिवारमा सल्लाह गरी निर्णय भोलि दिने सर्तमा हामी त्यहाँबाट निस्कियौं। त्यसपछिका केही दिन चिया र अनुहारको दर्शन गरेर बित्यो। बरु चियामा लत बस्यो होला, तर एउटी पनि केटीमा मन अडिएन। 

पुस महिनाको अन्तिम शनिबार अर्थात २७ गते जिन्दगीको रुखबाट २३औं उमेर नामको पात खसेर २४औं पात पलाएको थियो अर्थात् मेरो जन्मदिन। साथीहरु पृथ्वीनारायण शाहसँग किताब र कहानीमा मात्रै भेट भए पनि उही दिन जन्मिएको तँसँग संगत गर्न पाइएको छ भन्दै जिस्काउँथे। 

एकाबिहानै नुहाइधुवाइ सकेर बिन्दवासिनी मन्दिरतर्फ लागेँ। पूजाआजा सकियो। पूजारीबाट प्रसाद लिएर फर्किन आँटेको थिएँ, मन्दिरको मूलगेटतिरबाट आवाज आयो। 

‘हाम्रो एउटा फोटो खिचिदिन सक्नुहुन्छ?’

मन्दिरको मूलढोका सामुन्नेमा उभिएका एकजोर युवतीमाथि मेरो आँखा पर्योै। 

‘तपाईँहरू यहाँको रैथाने जस्तो त देखिनुहुन्न। पोखरा घुम्न टाढैबाट आउनु भएको जस्तो छ नि?’

बोल्ने हुटहुटी जाग्यो र उसले मतर्फ तेर्साउँदै गरेको निकोनको क्यामेरा समाउँदै भनेँ। 

‘मेरो घर नवलपरासी हो। उसको चाहिँ यहीँ ला ग्रान्डी कजेल पछाडि हो। म दुई दिनअघि मात्र पहिलो पटक पोखरा घुम्न आएको हुँ। अनि तपाईं?’ फेरि एकपटक उही क्यामेरावाली बोली। 

यस्तो लाग्यो, ऊ पनि मसँग बोल्न सहज मानिरहेकी छ।

‘मेरो घर चितवन हो। चितवन वीरेन्द्रनगर। म यहाँको रैथाने त होइन, तर रैथानेभन्दा कमी पनि छैन। यहाँका अधिकांश गल्ली–गल्लीको बारेमा मलाई थाहा छ’, मैले बढाइचडाइँ गरेर बोलेँ।

‘ए...’

उसले सानो स्वरमा भनी। मैले फोटो खिच्न अनुमति मागेँ र फटाफट फोटो खिच्न थालेँ। भलै उसले एउटा फोटो खिचिदिनुस् भनेकी थिई। तर, उसको कुमभन्दा माथिल्लो भाग आउनेगरी ५/७ ओटा सिंगल फोटो खिचिदिएँ, र बाँकी ५/७ दुवै जनाको आउने गरेर। कम्तीमा एउटा सिंगल फोटो त उसको साथीको पनि खिचिदिनुपर्थ्यो भनेर पछि होस आयो। फोटो हेर्दा उसले के सोच्ली? क्यामेरा दिएपछि मनैमनले सम्झिएँ। फेरि एक पटक क्यामेरा मागेर खिचिदिऊँ भन्ने पनि लाग्यो। तर फेरि लाग्यो, होइन उसको फोटो नखिचिदिएर ठीकै गरेछु। मलाइ सम्झिने दुवैलाई एक/एक वटा किस्सा हुन्छ। एउटीले कतै देखी भने पोखरामा मेरो फोटो खिचिदिने केटो उही हो भन्दै सम्झेली। अर्कीले ‘तेरो मात्रै खिचिदिएर मेरो फोटो नखिच्ने यही केटो होइन’ भन्दै सम्झेली। भलै उनीहरूले सम्झिऊन्/नसम्झिऊन्, मनले आफूलाई केहीबेर व्यस्त बनायो। आफ्नो कर्तव्य पूरा ग¥यो। धन्यवाद पनि नभनी उनीहरू त्यहाँबाट हिँडे। म पनि आफ्नो बाटो लागेँ।

‘ह्या अंकल पनि यत्रोबेर कहाँ जानुभएको? आफूलाई यहाँ कस्तो केक खान मन लागिसक्यो’, कान्छो भतिज हात समाउन घरको गेट अगाडि नै आइपुग्यो। घरमा म आउनु अगाडि नै केक आइपुगेछ भन्ने कुरा थाहा पाउन अब बेर लागेन।

‘केको केक खान्छस् छोरो? न कसैको बर्थडे, न कसैको एनिभर्सरी।’

मैले केही थाहा नपाएझैं गरी उसलाई सोधेँ।

‘मामुले भन्नुभएको आज तपाईंको जन्मदिन अरे, अनि तपाईंले केक नकाटेसम्म खान पनि हुन्न अरे। छिटो हिन्नुस् न केक काट्न।’

ऊ छिटो–छिटो गर्दै मभन्दा अघिअघि भर्याबङ चढ्न थाल्यो। म उसलाई पछ्याउन थालेँ। त्यो दिन जिन्दगीमा पहिलो पटक मैले केक काटेँ। केकमा कलात्मक तरिकाबाट लेखिएको आफ्नै नाम पनि काटेँ। त्यो समय कताकता आफैंलाई काटे जस्तो अनुभव भयो।  

बिहेको ह्याङओभर बोकेर गएको म केही हलुका हुँदै जन्मदिनको भोलिपल्ट चितवन फर्किएँ। चितवन आइसकेपछि पनि बिहे नामको भुमरीले मेरो पिछा गर्न छाडेन। म भूमरीमा परेको एक टुक्रा कागज जस्तो भैसकेको थिएँ, जो भूमरीले जताजता लान्छ उतैउतै हिँड्ने।

पुनः भुमरीले नवलपरासी चोरमाराबाट पूर्व टिनले छाएको घरको एउटा कोठामा लगेर थेचारिदियो। उही स्वागत, उही सोधपुछ, उही चिया। खासमा अब मलाई यी चीजहरुसँग एक किसिमले लगाव टुटिसकेको थियो। तर, यसपटक चिया लिएर जो आयो उसलाई देखेर मुटु जोडजोडले चल्न थाल्यो। ऊ अरु कोही नभएर उही क्यामेरावाली थिई। जसको केही दिनअघि मात्रै विन्धवासिनी मन्दिर अगाडि फोटो खिचिदिएको थिएँ।

समयले यति चाँडै यस्तो अवस्थामा हामी दुईको भेट गराइदेला.. अहँ मैले सोचेको थिइनँ। 

मलाइ बस् उसलाई हेर्न थोरै समय अरू चाहिएको थियो। मैले चिया धेरै हुने बहाना बनाए र अर्को कपमा खन्याउन थालेँ। त्यो चिया खन्याउने समयमा उही क्यामेरावाली केटी हो भनेर चिन्नु मात्र थियो मलाई, तर मनले भने त्यति छोटो समयमा पनि ग्रिन सिग्नल दिइसकेको थियो। उनी अरुलाई चिया दिन व्यस्त भइन्, यता मैले भने दुई–तीन पटक चुस्की लिएर कप भुइँमा राखेँ।

घरपरिवार र नातासम्बन्धी खुड्किलो उक्लिएपछि हामी दुईलाई छुट्टै राखेर कुरा गर्न लगाउने सल्लाह भयो। पहिले नै हामीबीचमा भेट भएर होला, ऊ ढुक्क देखिन्थी। उसले मलाई सरासर आफ्नो कोठातर्फ लगी। उसको कोठा, कोठा कम फोटो संग्रहालय ज्यादा लाग्थ्यो। भित्ताको चारै पाटो हेर्दै गएँ। नजर टक्क अडियो कि मैले विन्धवासिनीमा खिचिदिएको उसको फोटोले पनि भित्ताको निधार छोपिएको रहेछ। 

‘साँच्चै, बिहे गर्ने भनेरनै आउनु भएको हो?’मलाई खाटमा बस्न भन्दै उसले पहिलो प्रश्न गरी।

केटी हेर्न गएको कुनै केटाले कुराकानीका लागि बस्दा पहिलो प्रश्नको रुपमा यस्तो अपेक्षा सायदै गर्छ होला। प्रश्न सुनेर केहीबेर निशब्द भएँ। हाँसो पनि लाग्यो। तर हाँसो थाम्दै होइन मलाइ केटी हेर्ने आदत छ भनिदिएँ। ऊ पनि हाँस्दै छेउमै रहेको मुडा तानेर बसी। केहीबेरको हाँसोको मेलो सकिएपछि केही आर्गनिक सवालजवाफ भए। उसले मेरो पढाइ छाड्नुको कारण सोधी। मैले उसको पढाइको बारेमा सोधेँ।

‘मेरो तर्फबाट हुन्छ, तर बुवा घरमा हुनुहुन्न। साउदी जानुभएको एक महिना पनि भएको छैन। म पनि घरमा नहुने हो भने आमा र भाइको बिचल्ली हुन्छ। म मेरो अन्तिम निर्णय भोलि दिन्छु। तपाईँ के भन्नुहुन्छ?’

उसको खुल्ला र सादापनले मेरो मन छोयो । मैले आफैंलाई ढाँट्नु थिएन। तिमी मलाई बेहद मन प¥यो भनिदिएँ। त्यसपछि मैले उसको नम्बर मागेँ। आफ्नो पनि दिएँ। कोठाबाट निस्कनुअघि उसले भनी– 'मेरो निर्णय लिने निहुँले भोलि फेरि मलाइ भेट्ने रहर छ कि के हो?'

मान्छे सामान्य लागे पनि उसका तिख्खर प्रश्नले बेलाबेला म कायल हुन्थेँ। यस पटक फेरि पनि कायल हुने पाले मेरै जो थियो। केही बोलिनँ। 

हामी निस्किनु अगावै बाहिर हामीलाई कुरेर बस्ने समूह छट्पटीमा रहेछ। हामी दुबैले आफ्नो निर्णय सुनायौँ। अब त्यहाँ बसिरहनु पर्ने कारण थिएन। हामी बाटो लाग्यौं। 

म चाहन्थेँ, बाटोभरि कसैले उसको कुरो गरिदियोस्। उसको गुणगान गाइदियोस्। तर ठ्याक्कै उल्टो भैदियो। सबैले मेरो मात्रै कुरा गर्न थाले। तर, म चाहन्नथेँ कसैले मेरै अगाडि मेरै गुणगान गरिदियोस्। म उहाँहरूले भनेजत्तिको असल र हजुरहरूले सोचेको जस्तो खराब पनि थिइनँ र छैन पनि। यात्रा आफ्नै गुणगान सुनेर गर्नु थिएन मलाई। झट्ट खल्तीबाट एयरफोन निकालेँ र रामकृष्ण ढकाललाई घर नपुगुन्जेल सुनिरहेँ।

भोलिपल्ट घामलाई मलाई जस्तो हतार थिएन। ऊ मस्त बादलको सिरक ओढेर सुतेकै थियो। यता मैले उठ्नेबित्तिकै सिरानीमुनिको मोबाइल निकालेर उसको नम्बर डायल गरें। तेस्रो घन्टीमा उसले फोन उठाई। हेल्लो पनि राम्रोसँग भन्न नपाउँदै मैले उसको निर्णय मागेँ। म पुग्छु भनेको ठाउँ, गर्छु भनेको काम, कसैलाई दिन्छु भनेको चिज दिन ढिला गर्दिनँ। 

‘सक्नुहुन्छ भने केही समय पर्खनुस्’, उसले हिजोकै बासी निर्णय दिई।

मलाई उसको निर्णयले निराश नबनाएको होइन तर मन परेको पाइन्छ भने केही समय कुर्नुले धेरै अर्थ नराख्ला भन्ने निचोडमा पुगेँ। फोन राखिसकेपछि मोबाइलबाट मैले उसको नम्बर डिलिट गरेँ। रिस, आवेग, दया, माया के कारणले हो, डिलिट गरेँ।

मोबाइलबाट सजिलै डिलिट भएको नम्बर दिलबाट त्यति सजिलै डिलिट नहुँदो रहेछ भन्ने कुरा उसले निर्णय दिएको दुई दिनपछि उसैले फोन गर्दा थाहा पाएँ। मोबाइलको डिस्प्लेमा देखिएको नम्बर उसको हो भनेर चिन्न बेर लागेन। उसले आफू नारायणगढ आएको जानकारी गराई। भेटेर एक कप चिया पिउन अनुमति मागी। खोई किन-किन मलाई ऊसँग भेटेर चिया पिउनैपर्छ भन्ने पनि लागेन र भेटेर चिया पिउनै हुन्न भन्ने पनि लागेन। अन्ततः एक पटक भेट्न मनले स्वीकृति दियो। 

नारायणगढको भित्री बजारमा रहेको एक होटलमा हामी दुईले भेट गर्‍यौं। चिया पिउँदै केही कुराकानी गर्‍यौं। नारायणी किनारमा केहीबेर टहलियौं। अपराह्न आ–आफ्नो घरतर्फ फर्कियौं। फर्किएर आ–आफ्नो बासस्थानतर्फ लाग्यौं। त्यसपछिका केही दिनसम्म फोनमा कुरा गर्ने गति बढ्यो। नारायणीलाई साक्षी राखेर केही दिनको अन्तरमा किनारमा डुल्ने बानी नै बस्यो हाम्रो। लामो समयसम्म नारायणीको पानीमा पैताला चोबेर बस्दा यस्तो लाग्थ्यो, जसरी पानी सागर भेट्न आतुर थियो। ठीक उसैगरी हामी पनि एक गन्तव्यको खोजीमा थियौं। 

‘मलाई प्रेम गर्नुहुन्छ?’नारायणगढको एक होटलमा खाजा खान जाने क्रममा उसले कुनाको कुर्सी आफूतिर तान्दै सोधी। 

सम्भवतः त्यो हामीबीचको चौथो भेट थियो। मैले त्यो दिनसम्म उसलाई प्रेम गरेकै थिइनँ। मलाई मात्र ऊ मन पर्थी। उसको खुल्लापनबाट प्रभावित थिएँ। मैले टाउको हल्लाउँदै गर्दिनँ भनिदिएँ।
‘त्यसो हो भने मलाई हेर्न आउँदा किन पर्खिन्छु भनेर किन भन्नुभो त?’, उसले केही अक्मकाउँदै फेरि सोधी। 

म उसलाई आफ्नो बनाएर जिन्दगीभर प्रेम गर्न चाहन्थेँ। ताकि उसले घरिघरि तपाईं मलाई प्रेम गर्नुहुन्छ भनी सोधिरहन नपरोस्।

‘तिमीलाई आफ्नो बनाएर जिन्दगीभर प्रेम गर्न चाहन्छु। अनि प्रेम गरेर आफ्नो बनाउँदा के हुन्छ? सबैले त्यो सौभाग्य पाउँछन्?’ मैले उसको प्रश्नको उत्तरको साटो प्रश्नकै झटारो तेर्स्याएँ।

‘कुरैकुरामा सोध्नै बिर्सेछु। के खाने हजुर?’ उसले केहीबेरको मौनता तोड्दै बोली।

‘तिम्रो ओठ !’

‘के रे?’

उसले मेरो ढाडमा हिर्काई।

‘स्पर्शको लागि धन्यवाद।’

अरूले के सोच्लान्, म त्यो सोचेर बोल्दिनँ। मुखमा जे आयो, त्यही बोलेँ। सायद त्यही अदूरदृष्टिकै उपज हुनुपर्छ, क्षणभरमै उसको अनुहारमा केही रिस र केही असन्तुष्टिले छोप्यो। 

खाजा खान गएका हामी, तर लामो समय बसाइ होला भन्ने मनमा लागेन र मात्र दुई वटा कोक मगाएँ। वेटरले कोक हाम्रो टेबुलसम्म ल्याइपुर्यासउन जति बेर लगायो, हामीले बोतल रित्याउन त्यति पनि समय लगाएनौं। ऊ टेबलबाट उठेर यस पटक पैसा तिर्न काउन्टरतिर गई। मैले पनि तिर्छु भनिनँ। यसअघिका भेटमा मैले तिरेको थिएँ। यस पटक उसले तिर्दा केही बिग्रिँदैन भन्ने पनि लाग्यो। तर, आज सम्झिँदा त्यो दिन म किन ऊसँग त्यसरी पेश भएँ भन्ने पनि लाग्छ। कताकता त्यो दिन मैले अपनाएको रुखोपनले मनमा आजसम्म बिझाउने गर्छ। 

त्यो दिनपछि आजसम्म हाम्रो भेट भएको छैन। फोनमा, म्यासेजमा यात प्रत्यक्ष नै। केही दिन सम्पर्कमा रहने कोसिस नगरेको होइन। तर, प्रयास असफल भयो। खै, फेरि भेट नहोला भनेर भन्न सकिँदैन। त्यसैले अन्तिम भेट नभनेको हुँ।

ऊ सम्पर्कमा नरहनु, परिवारबाट पनि लगातारको दबाव आउन थालेपछि लाग्यो, कति समयसम्म उसको निर्णय पर्खिने त? केही सातापछि अग्निलाई साक्षी राखेर मैले बिहे गरेँ। कसैको घरमा सियो हरायो भने थाहा पाउने सामाजिक सञ्जालमा मेरो बिहेको खबरले पनि उपस्थिति पायो। धेरै साथीहरुले खबर नगरेकोमा दुःख मनाउ गरे। यद्यपि शुभकामना भने दिए। 

शुभकामना दिने मेसोमा ऊ पनि पछि परिन, ऊ याने कि उही क्यामेरावाली। मलाई उसको शुभकामनाका लागि धन्यवाद लेखेर ब्याज फिर्ता गर्नु थियो। ‘धन्यवाद’ लेखेर म्यासेज रिप्लाई गर्न कोसिस गरेँ। तर, म्यासेज ‘डेलिभर्ड’ भएन। के सोचेर हो, उसले मलाई बिहेको शुभकामना दिएर फेसबुकमा ब्लक गरिछ। मोबाइलमा उसको नम्बर डायल गरेँ। मोबाइल पनि स्विच अफ रहेको संकेत मिल्यो। कताकता मनमा चिसो पस्यो, मोबाइल स्विच अफ गर्नेहरूले कुनैबेला आवेगमा आएर जिन्दगी अफ गरे भने....!

त्यसपछि बितेका यी तीन वर्षमा मैले उसलाई कहिल्यै सम्झिनँ। सम्झिनुपर्ने कारण पनि थिएन। मलाई सम्झिने र मैले सम्झिनुपर्नेहरुलाई सम्झिँदै व्यस्त थिएँ म। समयले मलाई बितेका तीन सालमा कहिले घर त कहिले परदेश गराइरह्यो। 

गत साउन ८ गते समयले जिन्दगीकै एक महत्वपूर्ण घडीमा ल्याइदियो। मेरी श्रीमतीले मलाई बुवा बन्ने सौभाग्य दिइन्। उनी आफैं पनि आमा बनिन्। मलाई यो खुसीको कुरो सबै सामु बाँड्न मन भयो। यसका लागि सामाजिक सञ्जालभन्दा अन्य छिटो र उपयुक्त अन्य कुनै पनि साधन लागेन। मैले छोरालाई चुम्बन गरेको फोटो फेसबुकमा अपलोड गरिदिएँ। भलै उसले मेरो चुम्बनको महसुस गर्योम/गरेन थाहा छैन। तर, मैले उसको सुकोमल ओठ महसुस गर्न सकेँ। 

फोटो अपलोड गरेको केही समयपछि म्यासेजको घन्टी बज्यो। काम केही थिएन। म्यासेज खोलेँ। अरू बेला जस्तो म्यासेज सजिलै खुलेन। एप्रुभल माग्यो। फेसबुकभन्दा बाहिरका कसैले म्यासेज गरेछन्, मलाई थाहा पाउन समय लागेन।

‘धन्यवाद लेखेर रिप्लाइ गर्ने कष्ट नगर्नुहोला। तपाईंले यो म्यासेज पढ्दा–नपढ्दै मैले तपाईंलाई ब्लक गरिसकेको हुनेछु। खासै लेख्नुपर्ने केही होइन। थिएन। तर तपाईंको घरको सुन्दर बगैंचामा एउटा अर्को सुन्दर फूल थपिएछ। जुनीजुनीलाई पुग्ने बधाई र शुभकामना!’

वर्षौं पहिले परदेशमा हराएको छोरो, मन मारी सकेको छोरो बडादशैंकै दिन एकाबिहानै घरमा झुल्किए झैं तीन वर्षको अन्तरालमा ऊ मेरो म्यासेन्जरमा झुल्किई। तर, निमेषभरका लागि। ऊ यानेकि उही क्यामेरावाली।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्