काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत हाल मध्यमहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुलसीपुर दाङमा कार्यरत इन्जिनीयर जितेन्द्रराज शाक्यविरूद्ध २ करोड २५ लाख ४ हजार १० रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ।
उनको मिलेमतोमा १ सय ५ वटा नक्कली कोटेसन बनाई पाँच करोडभन्दा बढी हिनामिना गरेको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो।
निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि हुन आएको अख्तियारले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।