काठमाडौं- धर्मदेवी नगरपालिकामा एक महिलाको हत्या भएको छ। धर्मदेवी–९ मूलगाउँ नजिकै जङ्गलमा घाँस काट्न गएकी मनमाया जिमीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिइन्।
बुधबार दिउँसो ३ बजे घरबाट घाँस काट्न गएकी मनमाया बिहीबार बिहान मृतावस्थामा फेला परेको जनाइएको छ। श्रीमती घर नआएपछि मनमायाका श्रीमान् र छोराले खोजी गर्दै मूलगाउँको जङ्गल पुग्दा बिहीबार बिहान ८ हत्या गरिएका अवस्थामा फेला पारेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।
घटनामा संलग्न भएको आशंकामा मूल गाउँकै केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रमुख मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।