• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

व्यंग्य: सलहको नेपाल पीडा!

64x64
रामबाबु सुवेदी बिहीबार, असार २५, २०७७  १२:५०
1140x725

सलह हुँ सलह। म सलह किरा। म फट्यांग्रा जातको हो। ए होइन, म त किरा पो हुँ, जात त हुँदैन मेरो। तर, के गर्नु, नेपाल छिर्नासाथ 'जात' सोध्छन् र नेपाल आउँदा केही अध्ययन गरेर गरेर आएका छौं।

हुनत म हेर्दा फट्यांग्रा जस्तो भए पनि म फट्यांग्राभन्दा डरलाग्दो छु। म कहिल्यै एक्लै यात्रा गर्दिनँ। हामी सबै साथसाथ उड्छौं। मेरो झुन्ड वा भनौं समूह गजबको छ। खबरदार! कसैले म एक्लै छु र केही गर्न सक्दिनँ भन्ने नसोच्नुहोला। मलाई कम आकलन गर्नेहरुलाई म ठूलो चुनौती हुँ। म एक्लैलाई हेर्दा सानो छु तर हामी समूह मिलेर तपाईंहरुको ठूलो बालीनाली नाश गर्न सक्ने दम्भ छ। हामी कतै देखियौं भने त्यो ठाउँको कृषि उब्जनीमा ठूलो मार पर्नेछ। ठूलो अन्नबाली नाश हुने प्रष्ट इतिहास बोकेका छौं।

'सलह' सुन्दै आनन्द आउने नाम छ, हाम्रो। सललल बगी आउने चिसो हावा झैं सररर उडी हिँड्छौं, हामी। हामी आकाशमा कैयौं माइल उडेर यात्रा गर्छौं। हामी लाखौंको संख्यामा एक स्थानबाट अर्को स्थानमा जान सक्छौं। हामी एक देशबाट अर्को देश जान सक्छौं।

तपाईंहरुलाई लाग्यो होला, भिसा हान्नुपर्छ होला।  सुन्दा अचम्म लाग्ला, हामीलाई विश्वको सबै देशमा उड्न भिसा लाग्दैन। हामी स्वतन्त्र उडछौं। घण्टौं उड्छौं। हामी उड्ने कुरालाई हावाको बेगले निर्धारण गर्छ। हावाको विरुद्धमा उड्न हामीलाई गाह्रो हुन्छ। हामी कति किलोमिटर उड्न सक्छौं भन्ने लाग्यो होला हैन? उत्तर सजिलो छ- निरन्तर लाखौं माइलसम्म।

हामी अफ्रिकाबाट उड्दै नेपाल आएका हौं। लाखौको संख्यामा फुरफुर गर्दै बुद्धको देश नेपाल आयौं। यही बीचमा धेरै देश घुमियो, अत्यन्त आनन्द आयो। मेरो साथीहरु सबै सन्तुष्ट र उत्साहित हुँदै दुनियाँ शयर गर्‍यौं। इरान, पाकिस्तान, भारत हुँदै अहिले नेपाली आकाशमा छौं। नेपाली माटोमा उब्जनी भएको मकै, साग सब्जी,  फलफूल, धान आदि अन्नबाली अन्य देशमा भन्दा स्वादिष्ट र मनमोहक पायौं।

तर यतीका देश घुम्दा पनि नलागेको डर नेपाल छिरेपछि लाग्यो। हामीलाई धेरैले भनेका थिए नेपाल जानू 'अतिथी देव भव:' को अर्थ थाहा हुन्छ भनेर। तर, यहाँ अवस्था फरक रहेछ। हामीलाई भारतीय सीमाबाट छिर्नासाथ पहिला भन्सारमा रोकियो र अनुगमन गरे सशस्त्रले। हामी नेपालको त गजबको सुरक्षाबल रहेछ आकाशमा पनि कडा सुरक्षा रहेछ अब छिर्न नपाइने भइयो भनेर अनेकौं कारुणिक भावना जाहेर गर्‍यौं तर सुन्ने कोही भएन। त्यहाँ हामीलाई एयर होल्ड गरियो करिब ३ घण्टा। एकजना भन्सारका कर्मचारीले भने, 'नेपालको हवाई क्षेत्र प्रयोग गरेका छौ तिमीहरुले ल्यान्डिङ पाउन कहाँ सजिलो छ र?'

खिस्रिक्क पर्दै हाम्रो विज्ञ एवं प्रवक्ता सलहले त्यही एउटा कर्मचारी सँग करिब एक घण्टा छलफल गरेर जुक्ति पुर्‍याए। निर्क्यौल निकाले र केही घुस दिने भए प्रवेश गर्न पाईने सन्देश ल्याए। पैसा त थिएन हामीसँग तर भर्खरै मात्र हामीलाई समाएर ल्याउनेलाई प्रतिकेजि २० रुपैयाँले खरिद गर्ने सूचना जारी गरेको एफएममा सुनेका थियौं।

सबै साथीहरु माझ आकस्मिक बैठक बसेर हाम्रो कमान्डर सलहले कमान्ड दिए- साथीहरु हो हामी यति टाढाबाट हिमाली देश हेर्न आयौं तर यहाँ प्रवेश पाउन निकै कठिन रहेछ। त्यसैले हामीमध्ये केहीले आफ्नो यो झुन्डको यात्राका लागि बलिदान दिनुपर्ने भयो। अनि प्रवेश गर्न पाउने भयौं।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले फेरि थपे- 'स्वतन्त्र मृत्यु स्वीकार गरी शाहदत प्राप्त गर्ने अवसर छ। बलिदान गर्नू।'

त्यसपछि कैयौं हाम्रो साथीहरु स्वयं आहुति दिए। आहुति दिनेहरु लगभग पाँच केजि जति भए। हामीले कर्मचारीलाई बुझाएपछि उडान गर्न अनुमति दिइयो। हामी पश्चिम रोल्पा पुग्यौं। त्यहाको एक गाउँको बाली खान व्यस्त भएका थियौं। त्यहाँको वडाध्यक्षको आवाज आयो- यो हाम्रो मल्लको अन्नबाली सखाप पार्ने तिमीहरु को हौ?'

'हामी सलह। अफ्रिकाबाट आएका', मैले उत्तर दिएँ।

'ए काला जाति पो?', कडकिएर उताबाट आवाज आयो।

Xtrem

Xtrem

नरम भएर मैले भनें- 'फट्यांग्रा जातका हौं हजुर।'

'एऽऽऽ तिमीहरु तल्लो जातका हौ? अब तिमिहरुलाई छाड्दैंनौ' भन्ने प्रतिउत्तर आयो।

हामी अन्नबाली खाँदै गर्दा चार तिरबाट पासो थापी हाम्रो धेरै साथीको चोला फेरियो, धेरै घाइते भए र कोही भेरी नदिमा हामफालेर ज्यान जोगाए। हाम्रो सर्वनाश होला भनी हामी त्यहाँबाट मुटु कमाउँदै उड्यौं। हामी झुन्डमा धेरै संख्या भए पनि हजारौं साथीहरु मरे र मारिए। हाम्रो परिवारको झुन्ड सानो हुँदै जाँदै थियो।

अझ केहीले हामीलाई समाएर टिकटकमा भिडिओ बनाए। नाचेको, गाएको, ड्रम बजाएको, अन्न खाएको आदि इत्यादि भिडिओ बनाएर मोडल जस्तो बनाइदिए। नेपालमा 'अतिथी देव भव:' को सार त्यही मात्र पायौं।

अन्य देशमा नेपाल जस्तो टिकटक चलाएको भए हामी अझ राम्रो कपडा लाएर, शृंगार गरेर, कोभिड १९ को समयमा मास्क लाएर आउने थियौं। सम्झिँदा पनि मन फुरुंग लाग्ने सेलिब्रेटी बनेकोमा।

तर के गर्नु जालमा समाएर हाम्रा साथीहरुलाई कतिले भुटी खाने, कुखुरालाई दाना बनाउने, मल बनाउने आदि गरेर हाम्रो झुन्ड केही हजारौंमा मात्र सीमित भयो।

हामी धेरै कृषकको अन्नबाली सखाप पारेकाले पाप पखाल्न डराउँदै पशुपतिनाथको दर्शन गर्न काठमाडौं लाग्यौं। बीचमा रेडियोमा डरलाग्दो समाचार आयो। नेपालका कृषिमन्त्रीले मिडियामा भनेछन्, 'सलह किरालाई मार्ने मेटालिका भन्ने संगीतको धुनले तिनीहरुलाई ठूलाठूला स्पिकर अन्नबालीमा राखेर कक्रक्क पारिदिन्छु।'

अहो! कति डरलाग्दो धारणा रहेछ। यत्रो यात्रामा कसैले केही गर्न सकेका थिएनन् तर नेपालको मन्त्री कडा रहेछन्। अन्धकार छायो चारैतिर र अत्यन्त त्रास लागेर आयो। सबै साथीहरु डराए अनि पुन: देश फर्कने निचोड निकाल्यौं।

त्यहाँबाट हामी भारतीय भूमि हुँदै फर्कन लागेको थियौं। भारत पुग्दा सबै भारतीय मिडियाका क्यामेरा आकाशमा हामीलाई देखाउँदै थिए। प्रमुख समाचारको विषय बनेको रहेछ। एकजनाको टिभीमा टाँसिएर भन्दैथियो- 'देखिए ये आकासमे नेपाल ने सीमा सुरक्षाके लिए एयर फोर्स भेजा है भारतीय सरजमिन पर हमला कर्ने के लिए।'

यो समाचारले हामी भारतमा सुरक्षित छैनौं भन्ने लाग्यो। भारतीय सेनाले हवाई फायर गरे। धेरै साथीहरु हताहत भए। धेरैले ज्यान गुमाए। अचम्मित पर्‍यौं। त्यही मार्गबाट आउँदा केही रोकटोक थिएन तर अहिले नेपालबाट फर्किँदा छिन्नभिन्न हुनपर्‍यो। अझ हामीलाई 'चाइनिज सलह' भनेर अफवाह फैलाइएको रहेछ, भारतमा। प्राण जोगाउन हम्मेहम्मे भयो। अहिले हामी केही मात्र बाँचेका छौं।

सबै साथीहरु मिली संकल्प गर्‍यौं कि नेपालमा अब भविष्यमा कहिल्यौं आउँदैनौं भनेर। नेपालको त्रासले मानसपटलमा गहिरो असर गरेको छ। कसो ज्यान बाँच्यो। अझ मेटालिकाको धुन बजाएको भए हामी सबै कक्रक्क पर्ने थियौं होला। त्यो धुन बजाउनुअघि भाग्यले नेपाल छाडियो।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १२:५०
  • #सलह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्