• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक अर्कालाई गलाउने रणनीतिमा ओली-प्रचण्ड, उपलब्धिशून्य ‘वान टू वान’  

64x64
नेपाल लाइभ बुधबार, असार २४, २०७७  २१:४८
1140x725

काठमाडौं- शीर्ष नेताहरुबीचको विवाद उत्कर्षमा पुगेका कारण विभाजनको आशंका गरिएको नेकपामा केही दिनयता संवाद तीव्र भइरहेको छ। विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर ‘वान टू वान’ छलफलमा छन्।

गत आइतबार अध्यक्षद्वयले आ-आफ्ना विश्वास पात्रलाई राखेर संवाद सुरु गरेका थिए। तर अन्य नेताको साथमा छलफल गर्दा विषयवस्तु बाहिरिने र गिजोलिने भन्दै सोमबारदेखि दुई अध्यक्ष मात्रै छलफलमा जुटेका छन्। तर सोमबारयताका तीन छलफलको भने ठोस उपलब्धि नदेखिएको प्रचण्डको सचिवालयले जनाएको छ।

छलफल के हुँदैछ?
आइतबारको संवादमा अध्यक्ष ओली र प्रचण्डबीच सुरुमा बाझाबाझसम्मको स्थिति उत्पन्न भएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए। राष्ट्रपतिलाई महाभियोग लगाउन प्रचण्डले कानुनविद्सँग परामर्श गरेको भन्दै ओलीले आपत्ति जनाएका थिए।

‘संवादको सुरुमा प्रधानमन्त्री ओलीले तपाईंहरु मलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन भेला गर्दै हिँड्नु हुन्छ। राष्ट्रपतिलाई महाभियोग लगाउन कानुनविदसँग परामर्श गर्नुहुन्छ। तपाईंहरुले के-के योजना बनाउनुभयो। सबै सूचना राखेको छु भन्दै अध्यक्ष ओलीले आक्रोश पोख्नुभयो’, बैठकमा सहभागी एक नेताले भने, ‘प्रतिवादमा अध्यक्ष प्रचण्डले हुँदै नभएको किन आरोप लगाउनुहुन्छ। सरासर गलत हो, त्यसमा कुनै सत्यता छैन भन्दै प्रतिवाद गर्नुभयो।’ 

प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिकाविरुद्ध के-के योजना बनाएको भन्ने विषयमा सबै प्रमाण देखाउन सक्ने भन्दै प्रचण्डलाई चुनौती दिए। बैठकमा तनावपूर्व वातावरण भएपछि उपस्थित स्थायी कमिटी सदस्यहरुले सहजीकरण गरेर वातावरणलाई केही सहज बनाएका थिए। 

त्यसपछि भएको संवादपछि दुवै अध्यक्षबीच पार्टीमा विवाद सिर्जना गर्नेगरी शंकास्पद भेला छलफल नगर्ने समझदारी भएको थियो। संवादलाई निरन्तरता दिन प्रचण्डले नै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा र वर्षमान पुन सहित चार सदस्यीय अघोषित कार्यदल बनाउने प्रस्ताव अघि सारेपछि बैठक सकिएको थियो।

कार्यदलबाट वातावरण सकारात्मक हुनेभन्दा विषयवस्तु बाहिर छताछुल्ल हुने भन्दै सोमबारदेखि दुवै अध्यक्षको सहमतिमा ‘वान टू वान’ संवाद गर्ने सहमति गरेका थिए।

सोमबार, मंगलबार र बुधबार दुई अध्यक्षले बालुवाटार निन्तर २ देखि ३ घण्टा छलफल गर्दै आएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘अहिलेसम्मका तीन वटा ‘वान टू वान’ संवादमा दुवैका अडान यथावत छन्। प्रचण्ड कमरेडले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिने शर्तको अडान छोड्नुभएको छैन। प्रधानमन्त्रीले पनि कुनै हालतमा दुवै पदबाट राजीनामा नदिने अड्डी कस्नु भएको छ’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘दुवै अध्यक्ष संवाद हुन नसक्ने अवस्थाबाट संवाद हुने अवस्थामा आइपुग्नुभएको छ। त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। अहिले सरकार पार्टीका विभिन्न विषयमा छलफल जारी छ। देखिनेगरी कुनै उपलब्धि भएको छैन।’

पार्टीमा एकता कायम गर्न ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाडे सहमति हुन सक्ने अवस्थामा प्रचण्ड पुगेका छन्। तर ओलीले दुवै पद छोड्ने अवस्था नभएको बारम्बार दोहोर्‍याउने गरेका छन्। संवादमा जेठ २ वा मंसिर ४ को सहमतिलाई रिभ्यू गरेर अघि बढ्नुपर्ने प्रचण्डको भनाई छ।

दुई अध्यक्षवीचको संवाद सकारात्मक रुपमा अघि बढेकाले बिहीबार पनि संवाद हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

एक अर्कालाई गलाउने रणनीति
पार्टीमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले असार १८ मा मन्त्रिपरिषद्‌ बैठक बोलाई संसदको चालु अधिवेशन अन्त्य गरिदिए। जसले गर्दा उनी इतरका नेताहरुमा पार्टी फुटाउने अध्यादेश आउँछ कि भन्ने भय छ।

यसबीचमा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएरै छलफल समेत गरेका थिए। त्यति मात्रै होइन, ओलीले आफ्ना दूतको रुपमा सुवासचन्द्र नेम्वाङलाई सत्तासाझेदारीको प्रस्ताव लिएर देउवा निवास बुढानिलकण्ठ समेत पठाए। यसरी प्रमुख प्रतिपक्ष दलसँगको भेटघाटले ओली इतरका नेतालाई पार्टी फुट्ने भयले निक्कै सतायो। 

यस्तै ओलीले राष्ट्रपतिसँगको भेटलाई पनि तीव्रता दिए। आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग निरन्तर परामर्श गरे।

उता प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल लगायत नेताहरुले पनि भेटघाटलाई बाक्लो बनाए।साथै, संवैधानिक जटिलताका विषयमा कानुनविद्सँग समेत परामर्श गरे।

यसरी असार १८ देखि एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा काम भइरहेको थियो। आइतबारदेखि मात्रै दुई अध्यक्ष संवादमा आएका थिए। दुवै अध्यक्ष ‘वान टू वान’ संवादमा बसे पनि दुवै पक्षले आ–आफ्नो अडान नछोडे पार्टी विभाजन कसैले रोक्न नसक्ने ओली निकट एक स्थायी कमिटी सदस्यले बताए। सहमति उल्लंघन गरेर प्रधानमन्त्रीलाई नै घेराबन्दीमा पारिएकाले समस्या बल्झिएको ती नेताको भनाई छ।

सडकमा ओली पक्षको प्रदर्शन
गत असार २० गते प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई बालुवाटार बोलाएर आफ्नो कित्ता क्लियर गर्न आग्रह गरे। आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षडयन्त्र भइरहेको भन्दै ओलीले आपत्ति जनाए। पार्टीका नेताहरुले माग्दैमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्‍याए। प्रधानमन्त्रीको यस अभिव्यक्तिले पार्टी विभाजनको अवस्थामा पुग्ने विश्लेषण गर्न थालिको थियो। आइतबारको भेटघाटपछि मात्रै माहोल केही मत्थर भएको हो।

प्रधानमन्त्री बेलुका मन्त्रीलाई कित्ता क्लियर गर्न भने लगत्तै राति युवा संघ र विद्यार्थीका नेताहरुलाई बालुवाटारमै बोलाएर आफ्नो पक्षमा देशैभर प्रदर्शन गर्न आग्रह गरे। राष्ट्रिय एकता कायम गर्न अघि बढेको राष्ट्रवादी सरकारलाई हटाउन विभिन्न खेल भएको भन्दै आफ्नो बचाउमा सडकमा प्रदर्शन गर्न आग्रह गरे।

असार २१ गतेदेखि कोरोनाको जोमित बेवास्ता गर्दै प्रधानमन्त्रीको बचाउमा देशैभर प्रदर्शन भइरहेका छन्। प्रधानमन्त्री ओलीको पक्षमा कार्यकर्ता सडक प्रदर्शनमा उत्रिएपछि प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरु प्रतिवाद गर्दा कतिपय ठाउँमा झडप भइसकेका छन्।

कोरोना महामारीमा दैनिक जसो मृत्यु हुनेको समाचार सार्वजनिक भइरहेको अवस्थामा प्रधानमन्त्री स्वयंले भने आफ्नो पक्षमा दबाब बढाउन कार्यकर्तालाई सडकमा उतारेका छन्।

यसैबीच, आजको छलफलमा प्रचण्डले देशैभर भइरहेको प्रदर्शनलाई रोक्न आग्रह गरेका छन्। यस्ता प्रदर्शनले सहज संवादलाई अवरोध गराउने र कार्यकर्ताबीच दूरी बढाउने भन्दै उनले प्रदर्शन रोक्न भनेको उनी निकट एक नेताले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  २१:४८
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, 'मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई... बिहीबार, जेठ २८, २०८३
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार, जेठ २८, २०८३
राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति बिहीबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको का... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या बिहीबार, जेठ २८, २०८३
८ अंक घट्यो सेयर बजार बिहीबार, जेठ २८, २०८३
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु (लाइभ) बिहीबार, जेठ २८, २०८३
राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्