काठमाडौं-नेपाल एयरलाइन्सका १३ कर्मचारीमा कोराना संक्रमण भएको पुष्टि भएको छ।
थप ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपाल एयरलाइन्सका १३ जनामा कोरोना संक्रमण देखिएको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
संक्रमितमा ४ जना पाइलट तथा कोपाइलट रहेका छन् भने ९ जना क्रुमेम्बर छन्।
उनीहरू सबै सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्। एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटल क्वारेन्टाइनमा राख्दै आएको छ। प्रवक्ता खड्काका अनुसार उनीहरूलाई चार वटा उडानपछि पिसीआर परीक्षण गरेर घर पठाइने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।