• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सवा ४ अर्बमा मर्मत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पानी रसायो

64x64
उत्तम काप्री बुधबार, असार २४, २०७७  १५:२९
1140x725

काठमाडौं- सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पिच परिवर्तन गर्ने काम सम्पन्न भएको ६ महिना पनि पूरा भएको छैन। तर, धावनमार्गमा पानी रसाउन थालेको छ। धावनमार्गमा पानी रसाउन थालेसँगै पिच परिवर्तनको गुणस्तरीयतामाथि प्रश्न उठेको छ। 

धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँमा पानी रसाउन थालेको  छ। पानी रसाएका ठाउँमा मर्मत गर्ने मेसिन (मिलिङ) नै छैन। जसका कारणका धावनमार्ग चर्किए पनि मर्मत हुन सकेको छैन। 

विमानस्थलको ३ किलोमिटर लामो रन–वेको पिच परिवर्तनको जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो। कम्पनीले २०७५ चैत १८ गतेबाट धावनमार्गको पिच परिवर्तनको काम थालनी गर्दै २०७६ पुसमा सरकारलाई हस्तान्तरण गरेको थियो। पिच परिवर्तनको समयमा विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो। तर, सो कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको ५ महिनामै धावनमार्गमा पानी रसाउन थालेको हो।

धावनमार्गको पिच परिवर्तनमा सरकारले करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्च गरेको थियो। धावनमार्गको पिच परिवर्तन गर्नकै लागि सरकारले विमानस्थल विकास पूर्वाधार कर उठाएको थियो। सो शीर्षकको करबाट उठाएको रकमबाट भएको पिच परिर्वनतको काममा गुणस्तरका विषयमा प्रश्न खडा भएको हो। उक्त काममा जिम्मेवार अधिकारीहरू नै अहिले वर्षायाम भएकाले पानी रसाउनु सामान्य भएको भन्दै पन्छिन खोजेका छन्। 

तत्कालीन अवस्थामा विमानस्थलको रनवेमा पिच परिवर्तन गरिँदै। तस्बिर : निमेषजंग राई

सन् १९७५ को दशकमा निर्माण भएको धावनमार्गको पिचमा खराबी देखिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१५ मै धानवमार्थको पिच परिवर्तन (रिह्याबिलिटेसन) परियोजनामा काम थालनी गरेको थियो। तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा सुरु भएको हो। तर, पिच परिवर्तनको काम भएको ५ महिना नबित्दै पानी रसाउन थालेको हो।

धावनमार्गमा पानी रसाउन थालेको विषय सत्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजन पोखरेल आफै स्वीकार गर्छन्। 'धावनमार्गको दक्षिण साइटतर्फ केही स्थानमा पानी रसाएको छ,’ पोखरेलले भने, ‘पिच परिवर्तन गरेको कम्पनीले नै अहिले मर्मत गरिरहेको छ। उसले पिच परिवर्तनको काम सकेपनि अर्को दुई मनसुनसम्म देखिने समस्या समाधान गर्नुपर्छ।’

महानिर्देशक पोखरेलले दाबी गरेजस्तो विमानस्थलको धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुन भने सकेको छैन।

पिच परिवर्तन गर्ने कम्पनीले मर्मतका लागि आवश्यक पर्ने मिलिङ मेसिन चीन नै लगिसकेका कारण मर्मतमा समस्या आएको विमानस्थल कार्यालय स्रोत बताउँछ। 'मेसिन नै नभएपछि कसरी मर्मत हुन्छ?,' स्रोतको प्रश्न छ, 'आर्थिक चलखेल गर्दै गुणस्तरहीन काम गर्ने कम्पनी र मेसिन नै मर्मतका लागि नराखी लगेपछि उनीहरूको बचाउमा बोल्नु स्वभावकै हो।'

Ncell 2
Ncell 2
nimb
nimb

‘निर्माण कम्पानीले दुई मनसुनसम्म धावनमार्गमा देखिएको समस्या समाधान गर्ने भनेपनि आवश्यक उपकरण केही पनि नेपालमा राखेको छैन,’ विमानस्थल स्रोतले भन्यो, ‘ निर्माण कम्पानीले नेपालमा भएको सामान फिर्ता लगेपछि अहिले भन्सारमा सामान रोएिको भन्दै आलटाल गरिरहेको छ।’

प्राधिकरण महानिर्देशक पोखरेलले भने धावनमार्गमा पानी देखिएपनि उडान सञ्चालनमा समस्या नपर्ने तर्क गर्छन्। ‘निर्माण कम्पनीले मर्मत गर्नुपर्छ। अहिले निर्माण कम्पनीले मिलिङ मेसिन रसुवागढी नाकामा रोकिएको बताएको छ। तर, मर्मतको काम भइरहेको छ,’ उनले भने।

प्राधिकरणले पनि कम्पनीको ५ प्रतिशत रकम धरौटीमा राखेका कारण पनि उसले बाध्य भएर काम गर्ने उनको तर्क छ। महानिर्देशक पोखरेलले दाबी गरेजस्तो विमानस्थलको धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुन भने सकेको छैन।

‘निर्माण कम्पनीसँग मर्मतका लागि आवश्यक मिलिङ मेसिन नै छैन,’ विमानस्थल स्रोतले नेपाल लाइभसँग प्रश्नात्मक शैलीमा भन्यो, ‘धावनमार्गकै कारण कुनै दुर्घटना भएको अवस्थामा कसले जिम्मेवारी लिन्छ? यस्तो संवेदनशील विषयमा आलटाल गर्नु भनेको अनिमितता नै हो।’

निर्माण कम्पनीले सम्झौताअनुसार दुई मनसुनसम्म मर्मत गर्ने भनी उल्लेख हुँदाहुँदै पनि आयोजनाका प्रमुख मुरारी भण्डारीले नै मर्मतका लागि आवश्यक पर्ने मिलिङ मेसिन लैजान स्वीकृत दिएका हुन्। ‍धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुनपर्नेमा टालटुल गरी लापरबाही भइरहेको प्राधिकरण स्रोत बताउँछ।

जिओलोजिकल अध्ययनमा पनि विमानस्थलको धावनमार्ग तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो। तर, आयोजना प्रमुख मुरारी भण्डारीले निर्माण कम्पनीको मिलोमतमा आवश्यक मेसिन चीन लैजान स्वीकृत दिँदा समस्या आएको प्राधिकरण स्रोत बताउँछ। नेपालमा रहेका मेसिन ठूला प्रकृतिका रहको र सानोले पनि काम चल्ने भन्दै विमानस्थलको धावनमार्ग मर्मतका लागि ल्याइएको मेसिन लैजान दिँदा समस्या भएको स्रोतको भनाइ छ। तर सानो मिलिङ मेसिन यो समाचार तयार पार्दासम्म विमानस्थलमा आइपुगेको छैन। निर्माण कम्पनीले रसुवागढी नाकामा रहेको दाबी गर्दै आएको छ। मिलिङ मेसिन नहुँदा समस्या उत्पन्न भएको छ।

धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुनपर्नेमा टालटुल गरी लापरबाही भइरहेको प्राधिकरण स्रोत बताउँछ।

धावनमार्गको पिच परिवर्तनमा लापरबाही गर्नेमा परामर्शदाता अशोक श्रेष्ठ, आयोजना प्रमुख मुरारी भण्डारी र आयोजनकै दीपेन्द्र श्रेष्ठ रहेको स्रोतको दाबी छ। भण्डारीले नै इन्जिनियरिङ शाखामा रहँदा विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने डिजाइनदेखि इन्जियरिङसम्मको काम गरेका थिए।

पिच परिवर्तनका लागि सन् २०१४ मै स्पेनिस कम्पनी 'आइसा'ले विमानस्थलको धावनमार्ग सुधारका लागि डिजाइन तय गरेको थियो। तर, सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले 'डिजाइन रिभ्यू'का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले धावनमार्ग सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले ४ कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए। सोही चार कम्पनीबाट चाइना नेसनल एरो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन छनोट भएको थियो।

विमानस्थलको कोटेश्वरतर्फको '०२ रन–वे'को १६ सय मिटरमा बढी समस्या देखिएको थियो। पिच परिवर्तनको समयमा रन-वेका कतिपय ठाउँको ४३ सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हालिएको थियो। 

तर, डिजाइनामा सतहको पानी पाइप राखेर पास गर्ने उल्लेख भएपनि काम गर्दा उक्त प्रविधि नराख्दा समस्या आएको छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १५:२९
  • #TIA
  • #Runway-Pitch
  • #सवा-४-अर्ब

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअन... बुधबार, भदौ १७, २०८३
रसुवाबाट ११७ विदेशी पर्यटकको उद्धार बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ, ९ जना दक्षिण कोरियाली, २ जना अमेरिकी र २ जना इटालियन नागरिक छन्। उद... शुक्रबार, भदौ १२, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड स... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी बिहीबार, भदौ १८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार, भदौ १८, २०८३
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्