• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चीनका लागि नवनियुक्त राजदूतलाई गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनबारे ब्रिफिङ

डिपीआर अझै टुंगिएन, इआइए र जोइन्ट लोड फ्लो अध्ययनको काम कोराेनाले प्रभावित
64x64
नेपाल लाइभ बुधबार, असार २४, २०७७  १३:१०
1140x725

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेलाई गल्छी–रसुवागढी–केरुङ ४ सय केभि अन्तरदेशीय प्रसारण लाइन आयोजनाका बारेमा ब्रिफिङ गरेको छ। प्राधिकरणका नायब कार्यकारी निर्देशक बज्रभुषण चौधरी तथा आयोजना प्रमुख कोमलनाथ आत्रेयले उक्त आयोजनाबारे मंगलबार राजदूत पाण्डेलाई जानकारी गराएका हुन्।

‘अन्तरदेशीय प्रसारण लाइनको अहिलेको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने कार्ययोजनाबारे राजदूतलाई जानकारी गराएका हौं,’ आयोजना प्रमुख कोमलनाथ आत्रेयले नेपाल लाइभसँग भने। उनका अनुसार अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम भइरहेको छ। इआइएको काम एनइए इन्जिनियरिङ कम्पनीले गरिरहेको छ भने यो काम १४ महिनाभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोभिड १९ का कारण यो वर्षभरि नै लाग्ने देखिएको छ। लकडाउनका कारण फिल्ड मोबिलाइजेसनमा समस्या भएको र यसले इआइएको काम केही पर धकेलिएको आत्रेयले बताए।

आगामी आर्थिक वर्षको बजेटमा पनि यो आयोजना निर्माण यस वर्षभित्रै सुरु गर्ने भनिएको छ। लक्षित समयभित्रै काम सुरु गर्न नेपाल र चीन दुवै पक्षबाट काम गर्नुपर्ने भएकाले राजदूतमार्फत चिनियाँ पक्षलाई भनेर आयोजनामा शिघ्रता देखाउन लागिएको हो। ‘यता इआइए र डिजाइनको काम पनि भइरहन्छ। चीनसँगका अरु प्रक्रियाहरु पनि सँगसँगै अगाडि बढ्छन्। यता हामीले काम सुरु गर्छौं। उता चिनियाँ पक्षलाई पनि चाँडो काम सुरु गर्नका लागि राजदूतमार्फत् आग्रह गर्न लागिएको हो,’ आयोजना प्रमुख आत्रेयले भने।

कति काम भयो? कसरी अगाडि बढ्दैछ आयोजना
गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फको ‘लोड फ्लो’ अध्ययनको काम सकिइसकेको छ। लोड फ्लो विश्लेषणबाट सन् २०३० सम्ममा ३ हजार मेगावाट विद्युत् आयात–निर्यात गर्न सम्भव देखिएको छ। तर, चीन र नेपाल दुवैतर्फको प्रसारण लाइनको संयुक्त लोड फ्लो विश्लेषण भने कोभिड १९ का कारण रोकिएको छ।

गत फेब्रुअरीभित्रमै जोइन्ट लोड फ्लो गरिसक्ने प्राधिकरणको लक्ष्य थियो। त्यसका लागि दुवै देशको टोली ल्हासा वा बेइजिङ र नेपालको लोड सेन्टरमा बसेर हेर्नुपर्छ। तर, कोभिड-१९ महामारीका कारण यो काम रोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालतर्फको आयोजनाको लागत र डिजाइनको सम्भाव्यता अध्ययन सकिइसकेको छ। तर, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को अन्तिम टुंगो भने अझै लाग्न सकेको छैन। दुवै देशले डिपीआर साटासाट गरिसकेका भए पनि आयोजनाका लागि संयुक्त डिपीआर बनाउनुपर्ने भएकाले उक्त काम टुंगिन सकेको छैन।

ऊर्जा क्षेत्रमा रणनीतिक महत्त्वकाे आयोजना 
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका क्रममा भएको चीन भ्रमणका बेला चीनको स्टेट ग्रीड कर्पोरेसन र नेपाल विद्युत् प्राधिककरणबीच उक्त आयोजनाको ‘आयोजना विकास साझेदारी’ (पिडिए) सम्झौता भएको थियो। यो आयोजनाको प्रस्ताव चिनियाँ महत्वाकांक्षी योजना 'बेल्ट एण्ड रोड इनिसियटिभ' (बिआरआइ)भित्रै रहने गरी गरिएको हो।

२०१७ मे १२ मा बिआरआई सहकार्यका लागि नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयु) भएको थियो। उक्त एमओयुअनुसार गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन पनि सोही परियोजनाअन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर, बिआरआइअन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिँदै आएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चीनसँग जोडिएको यो अन्तरदेशीय आयोजना र भारतसँग जोडिएको अर्को अन्तरदेशीय आयोजना नुवाकोट जिल्लाको साविक रातमाटे गाविस वडा नं ६ र ९ (हाल बेलकोटगढी नगरपालिका वडा नं ७)मा ४०० केभी सबस्टेशनमा जोडिने गरी बनाउने योजना थियो। तर, मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए)ले बनाउन लागेको भारतसँग जोडिएको प्रशारण लाइन संसदबाट अनुमोदन हुन सकेको छैन। एमसिएअन्तर्गतको आयोजना नबन्दा सबस्टेसन पनि नबन्ने देखिन्छ भने गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन आयोजनाले नै छुट्टै सबस्टेशन निर्माण गर्नुपर्ने देखिन्छ। दुवै आयोजना एकैठाउँमा जोडिदा एउटै सबस्टेशनले काम गर्ने भएपनि एमसिएले बनाउने प्रशारण लाइन बिवादमा परेपछि चीन जोड्ने प्रशारण लाइनको सबस्टेशन निर्माणमा पनि अन्यौलता देखिएको छ।

चीनसँग जोडिएर बन्न लागेको यो पहिलो अन्तरदेशीय प्रशारण लाइन हो। गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन बने पनि नेपाल र चीनमात्र नभई अरु दक्षिण एसियाली क्षेत्रीय मुलुकसँगको विद्युत् व्यापारका लागि पनि बाटो खुल्नेछ। यो प्रसारण लाइन ‘नेपाल–चीन र अरु क्षेत्रीय देशमा विद्युत् व्यापारका लागि प्रयोग गर्ने सहमति भइसकेको छ। यो अन्तरदेशीय प्रसारण लाइनमार्फत् आयात–निर्यातका लागि चीनले मान्यता दिएको भएपनि नेपाल र चीनबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भने भइसकेको छैन।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो तातोपानी र आसपासका क्षेत्रमा बाढीले थुपारेका ढुङ्गा, माटो र गेग्रान हटाउने काम सकिएपछि सडक खुलेको हो। आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्