• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चीनका लागि नवनियुक्त राजदूतलाई गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनबारे ब्रिफिङ

डिपीआर अझै टुंगिएन, इआइए र जोइन्ट लोड फ्लो अध्ययनको काम कोराेनाले प्रभावित
64x64
नेपाल लाइभ बुधबार, असार २४, २०७७  १३:१०
1140x725

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेलाई गल्छी–रसुवागढी–केरुङ ४ सय केभि अन्तरदेशीय प्रसारण लाइन आयोजनाका बारेमा ब्रिफिङ गरेको छ। प्राधिकरणका नायब कार्यकारी निर्देशक बज्रभुषण चौधरी तथा आयोजना प्रमुख कोमलनाथ आत्रेयले उक्त आयोजनाबारे मंगलबार राजदूत पाण्डेलाई जानकारी गराएका हुन्।

‘अन्तरदेशीय प्रसारण लाइनको अहिलेको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने कार्ययोजनाबारे राजदूतलाई जानकारी गराएका हौं,’ आयोजना प्रमुख कोमलनाथ आत्रेयले नेपाल लाइभसँग भने। उनका अनुसार अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम भइरहेको छ। इआइएको काम एनइए इन्जिनियरिङ कम्पनीले गरिरहेको छ भने यो काम १४ महिनाभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोभिड १९ का कारण यो वर्षभरि नै लाग्ने देखिएको छ। लकडाउनका कारण फिल्ड मोबिलाइजेसनमा समस्या भएको र यसले इआइएको काम केही पर धकेलिएको आत्रेयले बताए।

आगामी आर्थिक वर्षको बजेटमा पनि यो आयोजना निर्माण यस वर्षभित्रै सुरु गर्ने भनिएको छ। लक्षित समयभित्रै काम सुरु गर्न नेपाल र चीन दुवै पक्षबाट काम गर्नुपर्ने भएकाले राजदूतमार्फत चिनियाँ पक्षलाई भनेर आयोजनामा शिघ्रता देखाउन लागिएको हो। ‘यता इआइए र डिजाइनको काम पनि भइरहन्छ। चीनसँगका अरु प्रक्रियाहरु पनि सँगसँगै अगाडि बढ्छन्। यता हामीले काम सुरु गर्छौं। उता चिनियाँ पक्षलाई पनि चाँडो काम सुरु गर्नका लागि राजदूतमार्फत् आग्रह गर्न लागिएको हो,’ आयोजना प्रमुख आत्रेयले भने।

कति काम भयो? कसरी अगाडि बढ्दैछ आयोजना
गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फको ‘लोड फ्लो’ अध्ययनको काम सकिइसकेको छ। लोड फ्लो विश्लेषणबाट सन् २०३० सम्ममा ३ हजार मेगावाट विद्युत् आयात–निर्यात गर्न सम्भव देखिएको छ। तर, चीन र नेपाल दुवैतर्फको प्रसारण लाइनको संयुक्त लोड फ्लो विश्लेषण भने कोभिड १९ का कारण रोकिएको छ।

गत फेब्रुअरीभित्रमै जोइन्ट लोड फ्लो गरिसक्ने प्राधिकरणको लक्ष्य थियो। त्यसका लागि दुवै देशको टोली ल्हासा वा बेइजिङ र नेपालको लोड सेन्टरमा बसेर हेर्नुपर्छ। तर, कोभिड-१९ महामारीका कारण यो काम रोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालतर्फको आयोजनाको लागत र डिजाइनको सम्भाव्यता अध्ययन सकिइसकेको छ। तर, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को अन्तिम टुंगो भने अझै लाग्न सकेको छैन। दुवै देशले डिपीआर साटासाट गरिसकेका भए पनि आयोजनाका लागि संयुक्त डिपीआर बनाउनुपर्ने भएकाले उक्त काम टुंगिन सकेको छैन।

ऊर्जा क्षेत्रमा रणनीतिक महत्त्वकाे आयोजना 
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका क्रममा भएको चीन भ्रमणका बेला चीनको स्टेट ग्रीड कर्पोरेसन र नेपाल विद्युत् प्राधिककरणबीच उक्त आयोजनाको ‘आयोजना विकास साझेदारी’ (पिडिए) सम्झौता भएको थियो। यो आयोजनाको प्रस्ताव चिनियाँ महत्वाकांक्षी योजना 'बेल्ट एण्ड रोड इनिसियटिभ' (बिआरआइ)भित्रै रहने गरी गरिएको हो।

२०१७ मे १२ मा बिआरआई सहकार्यका लागि नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयु) भएको थियो। उक्त एमओयुअनुसार गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन पनि सोही परियोजनाअन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर, बिआरआइअन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिँदै आएको छ।

चीनसँग जोडिएको यो अन्तरदेशीय आयोजना र भारतसँग जोडिएको अर्को अन्तरदेशीय आयोजना नुवाकोट जिल्लाको साविक रातमाटे गाविस वडा नं ६ र ९ (हाल बेलकोटगढी नगरपालिका वडा नं ७)मा ४०० केभी सबस्टेशनमा जोडिने गरी बनाउने योजना थियो। तर, मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए)ले बनाउन लागेको भारतसँग जोडिएको प्रशारण लाइन संसदबाट अनुमोदन हुन सकेको छैन। एमसिएअन्तर्गतको आयोजना नबन्दा सबस्टेसन पनि नबन्ने देखिन्छ भने गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन आयोजनाले नै छुट्टै सबस्टेशन निर्माण गर्नुपर्ने देखिन्छ। दुवै आयोजना एकैठाउँमा जोडिदा एउटै सबस्टेशनले काम गर्ने भएपनि एमसिएले बनाउने प्रशारण लाइन बिवादमा परेपछि चीन जोड्ने प्रशारण लाइनको सबस्टेशन निर्माणमा पनि अन्यौलता देखिएको छ।

चीनसँग जोडिएर बन्न लागेको यो पहिलो अन्तरदेशीय प्रशारण लाइन हो। गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन बने पनि नेपाल र चीनमात्र नभई अरु दक्षिण एसियाली क्षेत्रीय मुलुकसँगको विद्युत् व्यापारका लागि पनि बाटो खुल्नेछ। यो प्रसारण लाइन ‘नेपाल–चीन र अरु क्षेत्रीय देशमा विद्युत् व्यापारका लागि प्रयोग गर्ने सहमति भइसकेको छ। यो अन्तरदेशीय प्रसारण लाइनमार्फत् आयात–निर्यातका लागि चीनले मान्यता दिएको भएपनि नेपाल र चीनबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भने भइसकेको छैन।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्