• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

८६००० देखि शून्यसम्म

64x64
ऋग्वेद शर्मा मंगलबार, असार २३, २०७७  १७:४५
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को प्रभावले क्रिकेटमा मार्च महिनाको सुरुदेखि नै असर गर्न थालिसकेको थियो। तैपनि विश्व हल्लाइदिने भूकम्पको जस्तो ठूलो प्रभावको आँकलन क्रिकेट जगतमा भइसकेको थिएन। तर त्यसको एक हप्तामै अवस्था सोचेभन्दा निकै नाजुक भयो।

गएको मार्च ५ मा एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट स्थगित भएको नेपालमा पनि राष्ट्रिय टिमका अरु महत्वपूर्ण सिरिजहरु स्थगित भए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जुन ३० अघिका सबै प्रतियोगिता स्थगित भएको जनाएसँगै नेपालको महत्वपूर्ण दुई सिरिज अनिश्चितकालका लागि स्थगित भयो। 

आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले नामिबियामा र पपुपा न्युगिनीमा खेल्ने सिरिज स्थगित भएको थियो। अप्रिल २० देखि २७ सम्म नामिबियामा र जुन ९ देखि १६ सम्म पपुवा न्युगिनीमा सिरिज हुने तय थियो।

अहिलेको अवस्थामा त फुटबल लगायत केही खेलहरु मैदानमा फर्किसक्दा पनि क्रिकेटका लागि अझै कठिन भइरहेको छ। केही खेलको तालिका तय भएर खेलाडीहरु अभ्यासमा छन्। बाँकी के कसरी फर्कनेछन् भन्ने यकिन छैन। 

मानिसहरु सामान्य जीवनतर्फ फर्कने प्रयास गरिरहँदा आइसिसीले क्रिकेट सुरु गर्दा पालन गर्नुपर्ने केही नियमहरु बनायो। जेठ दोस्रो साता आइसिसीले बनाएका तीनै नियममा आधारित रहेर इंग्ल्याण्ड वेस्टइन्डिज पहिलो टेस्टको नजिक छन्। 

जसमा खेलाडी र अफिसियललाई मैदान र मैदानबाहिर पनि शारीरिक दुरी बनाउन आग्रह गरिएको छ। यसअघि जस्तो खेलाडीले आफ्ना स्वेटर, क्याप टोपी, चस्मा जस्ता बस्तुहरु अम्पायरलाई बोक्न दिन पाउने छैनन्। खेलाडीले बल छोएपछि सेनिटाइजरले हात सफा गर्नुपर्नेछ। अम्पायरले हरसमय ग्लोब्स लगाएर नै बस्नुपर्नेछ।

खेलको दौरान मात्र होइन अभ्यासका बेलामा पनि यी नियमहरुको पालना गर्नुपर्नेछ। त्यसका साथै ‘सेलिब्रेसन’का समयमा पनि शारीरिक दुरी बनाउन भनिएको छ। खेलाडीहरुले पानीका बोतल, रुमाल या यस्ता अरु कुनै पनि बस्तु एकअर्काले मिलेर प्रयोग गर्न पाउने छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विशेष गरी बलमार्फत नै भाइरसको संक्रमण हुन सक्ने हुँदा बल आफूसँग भएको समयमा पूरा सावधानी अपनाउन र बललाई अनावश्यक रुपमा ‘ह्यान्डल’ नगर्न समेत भनिएको छ। बल छोएको समयमा आँखा, मुख र नाकमा हात नलग्न भनिएको छ। बल छोएपछि सेनिटाइजर लगाउन अनिवार्य गरिएको छ।

मैदानमा हुने सबैको पहिले नै कोरोना भाइरसको परीक्षण गरिने बताइएको छ। यदि कसैमा खतरा देखिएमा आइसोलेसनमा बस्नुपर्ने बताइएको छ। खेलाडीसँगसँगै विशेष गरी अम्पायर र अन्य पदाधिकारीले पनि यी सबै नियमको पालना गर्नुपर्ने आइसिसीले जनाएको छ।

जतिसुकै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु मैदान फर्किने भए उनीहरुको हौसलाका लागि त्यहाँ प्रत्यक्ष दर्शक हुने छैनन्। यसैले खेल मैदानको फरक परिवेश कसरी देखिन्छ भन्ने यकिन छैन। यस्तैमा इएसपिएन क्रिकइन्फोका उपसम्पादक एन्ड्यू म्यागलासनले अवस्था कसरी फेरियो भन्नेबारेमा बताएका छन्। 

Xtrem

Xtrem

मार्च ८
जतिबेला अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट मध्य एक बेलबोर्न क्रिकेट मैदानमा ८६ हजार भन्दा बढी दर्शक जम्मा भएका थिए। जहाँ एलैसा हिली र मेग ल्यानिङ जस्ता अस्ट्रेलियन महिला टिमका खेलाडीले महिला टी ट्वान्टी विश्वकप उपाधि उचालेका थिए। भारतलाई ८५ रनले हराएको त्यो खेलमा जति दर्शक साक्षी थिए त्यही अवस्था फर्कन अब लामो समय लाग्ने देखिन्छ। अमेरिकन गायिक क्याटी पेरीको प्रस्तुति समेत रहेको त्यो दिनपछि मानिसहरु त्यसरी नै रमाउन पाएका छैनन्। 

मार्च ९ 
मेलबर्नको फेडेरेसन स्क्वायरमा विश्वकप जितको खुसी मनाउन हजारौँ समर्थक जम्मा भएका थिए। जहाँ खेलाडीहरु जितको खुसी, अन्तर्वार्ता र फोटोसेसनसँगै दक्षिण अफ्रिकामा खेल्न जानेबारेमा कुराकानी गरिरहेका थिए। विश्वकप आयोजनामा प्रत्यक्ष संलग्न भएकाहरु सफल आयोजनामा सुखको सास फेरेर रमाइरहेका थिए। 

मार्च १०
क्रिकेट गतिविधि निरन्तर थियो। त्यसैले समर्थकहरु अस्ट्रेलिया र न्यूजिल्याण्डबीचको पुरुष एकदिवसीय सिरिजमा थिए। जहाँ अस्ट्रेलियाले भारत र दक्षिण अफ्रिका सिरिजमा भन्दा राम्रो गर्ने दबाब महसुस गरिरहेको थियो। कोरोना भाइरसको असर देखिन थालिसकेको त्यो समय खेलहरु पनि भइरहेका थिए।

मार्च १२
अस्ट्रेलिया र न्युजिल्याण्डबीचको पहिलो खेलको अघिल्लो दिन हो यो। त्यसबेला बिग्रिरहेको अवस्थाबारे मानिसहरुमा चिन्ता पनि देखिन थालेको थियो। महिला विश्वकप फाइनल धन्न सकियो भन्ने खुसीसँगै अब के हुने हो भन्ने दोधार पनि थियो। मेलबर्न मैदानमा आएका एक दर्शकमा पनि कोरोना संक्रमण देखियो भन्ने विषयले सबै चिन्तामा थिए। 

त्यसबेला आरोन फिन्च र केन विलियमसन सम्मिलित पत्रकार सम्मेलन पनि बाहिर मैदानमा गरिएको थियो। उनीहरु दुवैले खेल गतिविधि कसरी प्रभावित हुनेछन् भन्नेबारे पनि बोलेका थिए। त्यतिबेलासम्म एनबिए, अस्ट्रेलियन ग्रान्डपिक्स जस्ता प्रतियोगिता रोकिइसकेका थिए। आइपिएल हुने नहुने दोधार थियो। ‘खाली मैदानमा खेल्नु भनेको अनोठौ हुनेछ’ फिन्चले भनेका थिए। 

मार्च १३
क्रिकेट अस्ट्रेलियाले अस्ट्रेलिया र न्युजिल्याण्ड सिरिजका खेलहरु बन्द रंगशालामा हुने घोषणा गर्‍यो। महिला टिमको दक्षिण अफ्रिका भ्रमण रद्द गर्‍यो। र बाँकी परिस्थितिको आँकलन गरेर निर्णय हुँदै जाने बताइयो। 

खेल हेर्न लामो दुरी तय गरेर आएकाहरु बाहिर रोकिएका थिए। उनीहरु निराश देखिन्थे। मैदान भित्रको अवस्था पनि भिन्न थियो। खेलाडीहरु दुरी बनाएर बसेका थिए। अन्य पदाधिकारी र अफिसियलसमेत एकअर्काबाट पर थिए। केन रिचार्डसनको स्वास्थ्यमा समस्या देखिएर कोरोना परीक्षण गरिएको खबरले त अझ सबैमा चिन्ता थपिसकेको थियो। 

टस गर्ने बेलामा र त्यसपछि केन विलियमसन र फिन्चसँग हुने प्रश्नउत्तर पनि दुरी बनाएर लामो माइक राखेर गरिएको थियो। खेलाडीहरु दुरी बनाएर शान्त रुपमा मैदान प्रवेश गरेका थिए। खेल भइरहँदा पनि खाली मैदानले तर्साएको जस्तो अनुभव भइरहेको थियो। खेलाडीहरु विकेट लिएर हात मिलाउनुको साटो खुट्टा जुधाइरहेका थिए। छक्का भएको बल विज्ञापन राखिएका बोर्ड पछाडि जाँदा खेलाडीहरु आफै खोज्न गइरहेका थिए। 

पहिलो खेलपछिको अभ्यास दुवै टिमले स्थगित गरेका थिए। पत्रकार सम्मेलन पनि सबै दुरी बनाएर नै गरिएको थियो। त्यतिबेला ती सबै विषयहरु नौला भइरहेका थिए। त्यहाँबाट फर्किनेहरु भारत र दक्षिण अफ्रिकाको खेल पनि बन्द रंगशालामा हुने र इंग्ल्याण्डको श्रीलंका भ्रमण रद्द भएको बारेमा कुराकानी गरिरहेका थिए। 

मार्च १४
अवस्था सोचेभन्दा निकै नाजुक भइसकेको थियो। धेरै देशले लकडाउन गर्ने निर्णय गरिरहेका थिए। न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्डाले पनि बाहिरबाट देश भित्रने सबैका लागि १४ दिनको सेल्फ आइसोलेसनमा बस्न अनिवार्य गरिएको बताएकी थिइन्। जसमा खेलका लागि आएका खेलाडीहरु पनि पर्थे। त्यसैले खेलाडीहरु फर्कने तयारीमा थिए। 

मार्च १७
यतिञ्जेल तय भएका धेरै खेलहरु स्थगित हुने निर्णय आइसकेको थियो। धेरै देशमा घरेलु क्रिकेट पनि रोकिएका थिए। कतिसम्म भने अन्तिमतिर पुगिसकेको पाकिस्तान प्रिमियर लिग (पिएसएल) समेत रोकिएको थियो। 

जुलाइ ७
लामो समय रोकिएको खेल गतिविधि मैदानमा फर्किएका छन्। इंग्ल्याण्ड र वेस्ट इन्डिज पहिलो टेस्ट खेल्ने तयारीमा लागिसकेका छन्। बुधबारदेखि पहिलो टेस्ट सुरु हुनेछ। सिरिजको दोस्रो टेस्ट जुलाइ १६ देखि २० सम्म हुनेछ। तेस्रो तथा अन्तिम टेस्ट जुलाइ २४ देखि २८ सम्म हुने तय छ। यही सिरिजले क्रिकेटका अरु गतिविधि कसरी हुन्छन् भन्नेमा सहयाग गर्ने भएकाले पनि विशेष रुपमा हेरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्