काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण गर्न लागेको हो।
समानान्तर ट्याक्सी वे निर्माणका लागि एसियाली विकास बैंक (एडिबी)ले लगानी गर्ने भएको छ। समानान्तर ट्याक्सी वे निमार्णका लागि एडिबीको लागनीबारे अहिले लगानीको खाकाको विषयमा छलफल सुरु भएको छ।
पर्यटन सचिव केदारबहादुर अधिकारीका अनुसार लगाानीको विषयमा सेप्टेम्बरमा एडिबीसँग दुई पक्षीय सम्झौता हुनेछ। प्राधिकरणले अहिले समानान्तर ट्याक्सी वे निर्माणको लागि लाग्ने लागत अनुमानको विषयमा अध्ययन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।