• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मृत्युशय्यामा विद्यार्थी आन्दोलन

64x64
प्रजु पन्त सोमबार, असार २२, २०७७  १८:३७
1140x725
प्रतीकात्मक तस्बिर

२०३६ सालको जनमत संग्रहको घोषणा, २०४६ मा बहुदल पुनर्स्थापना तथा २०६२/६३ सालको लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्ने आन्दोलनका गौरवमय इतिहास बोकेको थियो विद्यार्थी राजनीति र आन्दोलनले। तर पछिल्लो सयम न विद्यार्थी आन्दोलनले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने अवस्थामा छ न त विद्यार्थी राजनीतिको कुनै एजेन्डा नै छ। सरकारलाई घच्घच्याउनुपर्ने विद्यार्थीहरू उही सरकारको बखान गर्दै समर्थन जुलुसमा मात्र सीमित हुन पुगेका छन्। त्यसोभए के उनीहरु रमिता हेरेर बस्ने संगठनमा परिणत भइसकेका हुन्? पार्टी नेतृत्व र सरकारको रवैया सबै ठीकठाक चलेको उनीहरुको बुझाई हो? कि, विद्यार्थी राजनीतिको कर्तव्य पदाधिकारी बन्न पार्टी नेतृत्वकोमा धाउनु मात्रै हो? हरेक दिन नेताको घरमा गएर घण्टौं कुरेर एक कप चिया खाएर ‘दाइ! जय नेपाल !’, ‘कमरेड! लाल सलाम!’ भनेर फर्किनु विद्यार्थी आन्दोलन हो?

केही अपवादलाई छाड्ने हो भने ६५ सालअघिको विद्यार्थी राजनीतिको गौरवपूर्ण इतिहास हाम्रो सामु छ। तर त्यसपछिको विद्यार्थी राजनीति नि? समीक्षा गर्न ढिला भएन र? ०६५ पछिको १२ वर्ष के भयो, त्यो पनि छोडिदिऔं। २०७४ को चुनावपछि सरकारका कामकारबाही र विद्यार्थी राजनीति केलाइयो भने विद्यार्थी राजनीति जीवित छ भन्नुको औचित्य पुष्टि हुन गाह्रो छ। 

गत वर्ष भदौमा देशैभरका १२ वटा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी सडकमा ओर्लेर सरकारले तोकेभन्दा कलेजले बढी शुल्क असुलेको, समयमा परीक्षा नभएको, इन्टर्नसिप राम्रो व्यवस्था नभएको भन्दै आन्दोलनमा उत्रिए। त्यतिबेला सरकार पक्षको अखिल, प्रमुख प्रतिक्षी कांग्रेसको भातृसंगठन नेविसंघ र अन्य विद्यार्थी संगठन पनि ‘हराए’। पेट्रोलमा दुई रुपैयाँ मूल्य बढ्दा बढाउँदा सरकारलाई झुक्न बाध्य बनाउने विद्यार्थी सगंठन आफ्नै लगानी भएको कलेज भए जसरी मेडिकल कलेजको विद्यार्थी आन्दोलनमा ‘तैं चुप मै चुप’ देखिए। केही विद्यार्थी नेताले आन्दोलनमा सहानुभूति राखे पनि संगठनको कुनै कार्यक्रम नभएकोले लुकिछिपी आन्दोलनमा ऐक्यबद्धता त जनाए तर खुलेर लागेनन्।

गत आर्थिक वर्ष सरकारले पुस्तकमा १० प्रतिशत भन्सार लगायो। त्यतिबेला लेखक वर्गबाट विरोध भए पनि विद्यार्थी राजनीतिलाई छोएन। त्रिचन्द्रमा पढ्ने विद्यार्थीहरुले कोर्षको किताब किन्नै नसकिएको, पुस्तक व्यवसायीले कालो बजारी गरेको भनी किताब पढेर सांकेतिक आन्दोलन गरे। सुरुवाती चरणमा कुनै राजनीतिक दलको समर्थन पाएनन्। लाचार भएर केही विद्यार्थी संगठनले पछि यो आन्दोलनमा ऐक्यबद्धता जनाए पनि ठोस सहकार्य गर्न सकेनन्। अहिले चकलेटमा १० प्रतिशत भन्सार महशुल हटाएको सरकारले किताबको भन्सार महशुल जस्ताको तस्तै राखेको छ। यतिबेला पनि पनि सरकारलाई प्राथमिकता सम्झाउने दायित्व भुलेर कतै हराएका छन्, विद्यार्थी राजनीतिको खोल ओढेकाहरु।

यो सरकार गठन भएपछि सूचना प्रविधि जस्ता अनेक विधेयक र निर्णयमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि अकुंश लगाउने प्रयत्न भएका छन्। नागरिकको स्वतन्त्रतामाथि चरम हस्तक्षेप भइरहेको छ। तर विद्यार्थी नेता सतहमा देखिँदैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनपछि नै जेठ २९ गते सरकारले कोरोना प्रकोप विरुद्ध प्रभावकारी काम गर्न नसकेको, गुणस्तरहीन क्वारेन्टाइन बनाएको, पिसीआर टेस्टको दायरा नबढाएको भनेर राजनीतिक दलको झण्डाविहीन असन्तुष्ट युवाहरू स्वस्फूर्त सडकमा निस्किएका थिए। यतिबला पनि विद्यार्थी नेताहरु देखिँदैनन्।

भ्रस्टचार, महंगी, कालोबजारी, अभिव्यक्ति स्वतन्त्रतामाथिको अकुंश, सामाजिक कुसंस्कार जस्ता मुद्दामा विद्यार्थी संगठन कहीँ भेटिँदैनन्। ती त अझ परका कुरा भए। महामारीद्वारा सिर्जित अहिलेको अन्यौलमा नयाँखाले शिक्षण विधि के हुनसक्छ, त्यसमाथि पनि बहस गरिरहेका भेटिँदैनन्। विद्यार्थी संगठनको निष्क्रियताको प्रश्न अहिलेको मात्रै होइन, केही वर्ष यताकै हो। विगतमा उनीहरु जहाँ भेटिन्थे, त्यहाँ भेटिन छाडेका छन्। जस्तो अवस्थामा भेटिन्थे, त्यस्तो पनि भेटिन छाडेका छन्।

विद्यार्थी संगठन भेटिन्छ त क्याम्पस प्रमुखलाई कुट्दै गर्दा (केही समयअघि अखिलका कार्यकर्ताले त्रिचन्द्र क्याम्पसका क्याम्पस चिफ प्रदीप बहादुर नेउपानलेलाई कुटेका थिए), उपकुलपतिको कुर्सी जलाउँदै गर्दा (केही दिनअघि मात्रै नेविसंघका कार्यकताले उपकुलपति धर्मकान्त बास्कोटाको कुर्सी जलाएका थिए), सहपाठीलाई खुकुरी प्रहार गर्दै गर्दा, पुस्तकालय जलाउँदै गर्दा (केही वर्षअघि नेविसंघका कार्यकताले अखिलको कार्यकर्तालाई गम्भीर हुने गरी खुकुरी प्रहार गरेका थिए, त्यसैको विरोधमा त्रिचन्द्रको बिपी पुस्ताकालय अखिलले जलाएको थियो), सहपाठीलाई बलात्कार गरेको अवस्थामा (गत वर्ष आरआर क्याम्पसका स्ववियू पदधिकारी एवं अखिल नेताले आरआरमै पढ्ने विद्यार्थीलाई बलात्कार परेपछि पक्राउ परेको थिए। अहिले उनी कारागारमै छन्)।

Xtrem
Xtrem

के विद्यार्थी राजनीति भनेको आफ्नो नेताले गरेको गलत कामको ढाकछोप गर्नु हो? आफ्नो नेतृत्वलाई प्रश्नै नगर्ने जयजय गान गर्नु हो? कि विद्यार्थी नेताले प्रश्न गर्ने हैसियत गुमाइसकेका हुन्? भनिन्छ, युवाहरुमा आलोचनात्मक चेत हुन जरुरी छ। के आजको विद्यार्थी नेताको आलोचनात्मक चेत हराइसकेको हो?

विद्यार्थी राजनीतिको गौरवमय इतिहास रटेर नथाक्ने तर व्यवहारमा रत्तिभर लोकतान्त्रिक चेत नभएको यो पुस्ताको विद्यार्थी राजनीतिको कुनचाहिँ पाना अर्को पुस्ताले पढ्ला? केही नेताहरुको कोठे बैठकमा सिमित हुन पुगेर दुषित बनिसकेको राजनीतिमा हेलिएर प्रश्न र सोचविहीन बनेको विद्यार्थी आन्दोलनको कुन चाहिँ पाना रुचीकर मान्ला?

देउवाले विद्यार्थी नेताप्रति आक्रोश पोख्नु अर्थहीन छ। कारण विद्यार्थी संगठनमा चरम हस्तक्षेप गरेर जसरी पनि आफ्नो वरिपरि लाग्नेलाई जिताउनुपर्ने किन? टीके प्रथाबाट पनि सबैको लोकप्रियलाई भन्दा आफ्नै नजिकलाई छान्नुपर्ने किन? स्वतन्त्र ढंगले विद्यार्थीको चुनाव हुन नदिने किन? नेविसघंमा मात्र हैन अखिलमा पनि पारा त्यही हो। पार्टीका नेताको चरम गुटबन्दीले थला परेको छ। पार्टीका नेताहरुले विद्यार्थी नेताहरुलाई खल्तीको रुमाल जसरी प्रयोग गरेका छन्, चाहिए प्रयोग गर्‍यो नत्र थन्कायो। यति कुरा विद्यार्थी नेताले कहिले बुझ्लान्? नेतृत्वको गलत रवैयामा कहिले प्रश्न उठाउलान्?

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १८:३७
  • #विद्यार्थी_राजनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज १४, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै बुधबार, असोज १४, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्