काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट चोरी तथा हराएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ। आइतबार प्रहरीले विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल सम्बन्धितलाई हस्तान्तरण गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिए।
चोरी भएको तथा हराएको भन्दै दिएको निवेदनका आधारमा प्रहरीले ती मोटरसाइकल विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।