काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) काठमाडौ र गोरखामा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु, नेपालमा ३४ पुगे मृतक, शनिबार थपिएका २३२ सहित कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो । ( ३४ कोरोना संक्रमितको मृत्यु )
२) नेकपा नेताहरु ‘यो’भन्दा अघि बढे पार्टी दुर्घटनामा पर्ने पर्यटनमन्त्री योगेश भट्टराईको चेतावनी, प्रधानमन्त्री ओलीलाई स्वेच्छाले नेतृत्व छाड्ने वातावरण बनाउनुपर्ने भनाइ । (योगेश भट्टराईको चेतावनी )
३) काठमाडौंका मुख्य चार स्थानका ढलको पानीमा गरिएको अध्ययनमध्ये दुई स्थानमा भेटियो कोरोना, मानिसको दिसामा भाइरस भेटिएकाले समुदायमा फैलिएको अनुसन्धानको संकेत । ( ढलमा भेटियो कोरोना )
४) स्पेनिस ला लिगा फुटबलमा मोलार्काविरुद्ध एट्लेटिको मेड्रिडको ३–० गोल अन्तरको सहज जित, विजयसँगै शीर्ष तीनमा रहने एट्लेटिकोको सम्भावना बलियो । ( एट्लेटिको मेड्रिडको सहज जित)
५) र, हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको चार दिनपछि चीनद्वारा सुरक्षा प्रमुखमा ’हार्डलाइनर’ चेङ याङसेङ नियुक्त, प्रजातन्त्र पक्षधरलाई भूमिकाबाट बर्खास्त । ( हङकङका सुरक्षा प्रमुखमा चेङ नियुक्त)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।