• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ भिडियो

बुलाकी प्रिती आलेजीले लगाउनु भयो, चोट मेरो ओठमा लाग्यो : एकनारायण भण्डारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, असार २२, २०७७  १४:१३
1140x725

एकनारायण भण्डारी फिल्म, आधुनिक र लोकगीत लेखन र संगीतमा चर्चित छन्। उनका धेरै गीत स्रोतामाझ जँचेका छन्। दर्जनौं लोकप्रिय गीतका सर्जक भण्डारीले हालसालै बजारमा ल्याएको ‘फरिया लरिलै बरिलै’ बोलको तीज गीत चर्चित भइरहेको छ। सँगै अघिल्ला गीतभन्दा केही बढी गाली पनि पाइरहेका छन्। गीतको म्युजिक भिडियोलाई लिएर केही दर्शकले आलोचना गरेको देखिन्छ। यही सन्दर्भमा भण्डारीसँग नेपाल लाइभले गरेको संवाद:

एकनारायणको गीत बजार अनुसार हैन। एकनारायणको गीतले आफै बजार बनाउँछ भन्थे। तर अहिले निकाल्नुभएको 'फरिया लरिलै बरिलै' गीतले भने एकनारायण बजारको पछि लाग्न थालेछन् भन्ने भनाइ आएको छ, यो सत्य हो?
अलिकति सत्य हो। पहिले पनि कहिले आफ्नो भावनातिर लागेको हो, कहिले माटोतिर लागेका हो र कहिले बाटोकाे पछि लागेकै हो। अहिले पनि कहिले केही बजारतिर लागेको हो। अहिले थोरै समयको प्रभावलाई समात्न खोजेको हो।

तपाईंकै युट्युबबाट गीत रिलिज भएको छ। उक्त गीतको भिडियोले धेरैलाई बिझाउँछ। गीतकारको रुपमा यो गीतको दृश्य यस्तो हुन्छ वा यो हदसम्म मात्रै भिडियो बनाउनुपर्छ भनेर किन सीमा नतोकिदिएको?
प्रिती आलेजीसँग अनलनइनमा गफ हुँदाहुँदै उहाँले दाइ मेरो लागि पनि गीत चाहियो भन्नुभयो। मैले प्रितीजीलाई तपाईंको गीत बोल्ड हुन्छ, मेरो शृंङ्गारिक हुन्छ भनें। हजुरले लेख्यो भने मलाई भइहाल्छ दाइ भनेपछि मैले यो गीत र लय उहाँलाई दिएको हो। गीत र लय मेरो  हो। भिडियो उहाँले बनाउनु भएको हो।

पारिश्रमीक कति लिनुहुन्छ? भन्नुभएको थियो। सबै लकडाउनमा छौं पैसा पर्दैन ,मेरै युट्युब च्यानलमा राखौं भने। गीत र लयको जवाफदेही म हो। भिडियोको जिम्मा कसरी लिने र? यदि त्यसको जवाफ पनि मैले दिनैपर्ने हो भने मलाई यस्तो महसुस भएको छ– बुलाकी प्रितीजीले लगाउनु भयो, चोट मेरो ओठमा लाग्यो। खास भन्ने हो भने मलाई सुटिङ हेर्न एकदमै झ्याउ लाग्छ त्यो दिनमा पनि आधा सकिएपछि पुगेको थिएँ तर पुरै हेरेको थिइनँ। पछि हेरेपछि पहिरन त्यस्तो नलगाएको भए हुन्थ्यो भन्ने जस्तो लाग्यो।

चुनावताका तपाईंले ‘मै पनि एमाले सै पनि एमाले’ भन्ने गीत लेख्नु भयो। त्यसको गालीताली दुवै बद्री पंगेनीले पाउनुभयो तर, त्यो गीतमा चाहिँ गाली तपाईंको भागमा पर्‍यो है!  
त्यही त गाली खानु भयो पनि उहाँले। फाइदा पनि उहाँले नै लिनु भएको होला। म आध्यात्मिक प्रकारको मान्छे हो। मैले गाली दिनेलाई पनि लाइक गरेको छु। गलत बाटोमा छु भने उहाँहरुको आलोचनाबाट फर्किनुपर्छ। गीत भनेको एउटा सर्जकका लागि नेता चुनावमा उठेजस्तै हो। जित्ने महत्वाकांक्षा हुन्छ। हार पनि हुन सक्छ।

त्यसैले मेरो यो तीज गीत अहिले चुनावमा उठेको छ। जित्यो भने ठीकै छ। म हार्दैमा पनि केही हुन्न। १७ वर्षको उमेरसम्म खाइनखाई हिँडियो। यो गीतमा बहिनीले गल्ती गरेको हो।  मेरो ६ सय १ औं गीत हो यो। त्यसैले एउटा गीतका कारण मलाई धेरै गाली गर्नुहोला जस्तो लाग्दैन।

तपाईंका अधिकांश गीतमा द्विअर्थी लाग्ने शब्द हुन्छन्। तपाईंको स्वभावै यस्तै हो कि कसैबाट प्रभावित?
म आफैं त्यस्तै हो। मैले कहाँबाट सिकें भनेर अनुसन्धान गरें आफैंमाथि। हजुरबुबाबाट रहेछ। हुजरबुबा अलि उटुंग्याहा स्वभावको हुनहुन्थ्यो। एउटा घटना सम्झिन्छु-हजुरबाले आज स्कुल नजा भन्नुभयो। मैले किन नजाने? भने। उहाँले मगरगाउँमा केरा खान जाने भन्नुभयो। अनि आमाले गाली गर्नुहुन्छ भन्थें। आमालाई पेट दुखेको भन, ज्वरो आयो भनिस् भने छामेर थाहा हुन्छ। मेलापात गएपछि जाउँला भन्नुभयो। मगरगाउँ गएपपछि भन्नु हुन्थ्यो-यो केटो केरा खान नपाएर स्कुल गएन। कोसँग छन् ल्याउ। यस्तो हुनुहुन्थ्यो उहाँ।

शृंङ्गारिक हुन मोतीराम भट्टसँग सिकें। उहाँको एउटा लाइन छ-छिन्न चुरा बजे अनि उहाँ ब्युझिनु भो, नसोध संगिनीहरु त्यसपछि के भो? संगिनीले बिहेमा के हुन्छ भनेर सोध्दा दिएको उत्तर थियो यो। यसले छोयो र यही धार समाते। शृंङ्गारिक रसलाई मलजल गरेको छ।  समाजले घटेको घटना र मनोभावना नै गीतमा आउने हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोमान्टिक पनि उत्तिकै हुने। मेरो आँखामा आँशु सुहाउँछजस्ता अति निराशाका गीत पनि तपाईं नै लेख्नुहुन्छ!
जीवनको पाटो रैछ। हिँड्दै जाँदा फूलसँग आकर्षित भइयो भने एउटा चिज फुर्छ-मै राम्री कि राम्रो हो जवानी। फूल टिप्न खोज्दा काँडाले घोच्छ-तिम्रो फोटो हजारको नोटमा होस् लेख्छु। जीवनको प्रक्रिया रहेछ।

तपाईंको पहिचान लोक गीतमा छ। एकनारायणसँग राम्रो लोक गीतको अपेक्षा गर्छन्। त्यो अपेक्षा कहिलेकाहीँ यसैगरी टुक्रिन्छ। जानाजान हुन्छ वा कहिलेकाहीँ पर्न जान्छ?
दर्शक एउटा बाटोमा छन्। जीवनभन्दा टाढा धेरै कुरा खोज्नु हुन्न। धेरै आदर्शवादी हुनुहुन्न। चर्चित हुने चाहना सबैलाई हुन्छ। त्यतातिर लाग्दा कहिलेकाहीँ गल्ती हुन जान्छ। लाइसेन्स भएको मान्छेको गाडी पनि दुर्घटनामा पर्छ। कहिलेकाहीँ आफूले राम्रो अर्थमा बोलिन्छ, अर्को अर्थ लाग्न सक्छ। यो पनि कहीँकतै त्यस्तै भएको होला।

यही गीतमा एउटा शब्द छ ‘उरन्ठ्याउला केटाहरु डिस्टर्ब नगर’। तर, के देखियो भने उरन्ठ्याउला केटाहरुलाई पन्छाएर उरन्ठ्याउली केटी अगाडि ल्याएको जस्तो देखियो!
भिडियो र गायन शैलीले त्यस्तो अर्थ लाग्यो। बहिनीले लयमा अलिकति परिवर्तन गरेकी हुन्। उहाँको बोल्ड आउँदो रहेछ। पहिले ज्योती बहिनीसँग काम गर्दा पनि त्यस्तो आयो। सबै कुरा आफूले गरिँदैन। भिडियोमा म जान्न। त्यसले समस्या आएको हो। तर, व्यक्तिगत रुपमा गायनका हिसाबले यी दुवै बहिनी मलाई मन पर्छन्। उनीहरुको साधना पनि छ। कुरा के हो भने यो भिडियोबाट पनि शिक्षा पाएँ।

गीत लेखेपछि ताली पाइने है?
लोकगीत भन्नेबित्तिकै संकलन छैन। शब्द/संगीत भनेपछि बनाएको चिज हो। बनाएको चिजमा कमजोरी हुन्छ। हिजो ताली बजाएर आमाले गाउने गीतबाट आज यहाँ पुग्यो। प्रजापति दाइले पनि गाली खानु भयो। पछि राम्रो भयो। कोमल वली दिदीले पनि गाली खानु भयो। पशुपति शर्माजीले पनि गाली खानु भयो। दुर्गेश थापा भाइले पनि गाली खानु भयो तर राम्रै भयो कि क्या झैं लाउँछ।

मेरो कुरा गर्दा गाडा हेरेर गाडी बनाएको हो। अहिले गाउँमा जाँदा म लोकगीत भेट्दिनँ । बरु हामीले बनाएका र हिन्दी गीतमा नाचेको देख्छु। 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
सम्बन्धित सामग्री
गोपिकृष्ण र जमुना खतिवडाको ‘दिलको राजा दिलकी रानी’ सार्वजनिक (भिडियो सहित) गीतको रेकर्डिङ अनिश योञ्जनले त्रिताल रेकर्डिङ स्टुडियो अनामनगरमा गरेका हुन् । मिक्सिङ सुन्दर लामाले गरेका छन् भने गिटारमा सबिर कार्क... आइतबार, वैशाख २१, २०८२
सुर समीक्षा : जबर्जस्त सन्देश घुसाइएको औसत भजन 'दमाई महाराज' [भिडियाे] आइतबार, साउन ७, २०८०
लोकको व्यथा लयबद्ध गरिएको ‘पैसा सापटी’ निकटस्थ ठानेर अप्ठ्यारो परेको बेला गुण लगाउन पैसा सरसापट लिनुदिनु सामान्य कुरा हो। तर, परिस्थिति सहज भएपछि पैसा फिर्ता हुनु परको कुर... बिहीबार, फागुन १८, २०७९
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्