• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ भिडियो

बुलाकी प्रिती आलेजीले लगाउनु भयो, चोट मेरो ओठमा लाग्यो : एकनारायण भण्डारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, असार २२, २०७७  १४:१३
1140x725

एकनारायण भण्डारी फिल्म, आधुनिक र लोकगीत लेखन र संगीतमा चर्चित छन्। उनका धेरै गीत स्रोतामाझ जँचेका छन्। दर्जनौं लोकप्रिय गीतका सर्जक भण्डारीले हालसालै बजारमा ल्याएको ‘फरिया लरिलै बरिलै’ बोलको तीज गीत चर्चित भइरहेको छ। सँगै अघिल्ला गीतभन्दा केही बढी गाली पनि पाइरहेका छन्। गीतको म्युजिक भिडियोलाई लिएर केही दर्शकले आलोचना गरेको देखिन्छ। यही सन्दर्भमा भण्डारीसँग नेपाल लाइभले गरेको संवाद:

एकनारायणको गीत बजार अनुसार हैन। एकनारायणको गीतले आफै बजार बनाउँछ भन्थे। तर अहिले निकाल्नुभएको 'फरिया लरिलै बरिलै' गीतले भने एकनारायण बजारको पछि लाग्न थालेछन् भन्ने भनाइ आएको छ, यो सत्य हो?
अलिकति सत्य हो। पहिले पनि कहिले आफ्नो भावनातिर लागेको हो, कहिले माटोतिर लागेका हो र कहिले बाटोकाे पछि लागेकै हो। अहिले पनि कहिले केही बजारतिर लागेको हो। अहिले थोरै समयको प्रभावलाई समात्न खोजेको हो।

तपाईंकै युट्युबबाट गीत रिलिज भएको छ। उक्त गीतको भिडियोले धेरैलाई बिझाउँछ। गीतकारको रुपमा यो गीतको दृश्य यस्तो हुन्छ वा यो हदसम्म मात्रै भिडियो बनाउनुपर्छ भनेर किन सीमा नतोकिदिएको?
प्रिती आलेजीसँग अनलनइनमा गफ हुँदाहुँदै उहाँले दाइ मेरो लागि पनि गीत चाहियो भन्नुभयो। मैले प्रितीजीलाई तपाईंको गीत बोल्ड हुन्छ, मेरो शृंङ्गारिक हुन्छ भनें। हजुरले लेख्यो भने मलाई भइहाल्छ दाइ भनेपछि मैले यो गीत र लय उहाँलाई दिएको हो। गीत र लय मेरो  हो। भिडियो उहाँले बनाउनु भएको हो।

पारिश्रमीक कति लिनुहुन्छ? भन्नुभएको थियो। सबै लकडाउनमा छौं पैसा पर्दैन ,मेरै युट्युब च्यानलमा राखौं भने। गीत र लयको जवाफदेही म हो। भिडियोको जिम्मा कसरी लिने र? यदि त्यसको जवाफ पनि मैले दिनैपर्ने हो भने मलाई यस्तो महसुस भएको छ– बुलाकी प्रितीजीले लगाउनु भयो, चोट मेरो ओठमा लाग्यो। खास भन्ने हो भने मलाई सुटिङ हेर्न एकदमै झ्याउ लाग्छ त्यो दिनमा पनि आधा सकिएपछि पुगेको थिएँ तर पुरै हेरेको थिइनँ। पछि हेरेपछि पहिरन त्यस्तो नलगाएको भए हुन्थ्यो भन्ने जस्तो लाग्यो।

चुनावताका तपाईंले ‘मै पनि एमाले सै पनि एमाले’ भन्ने गीत लेख्नु भयो। त्यसको गालीताली दुवै बद्री पंगेनीले पाउनुभयो तर, त्यो गीतमा चाहिँ गाली तपाईंको भागमा पर्‍यो है!  
त्यही त गाली खानु भयो पनि उहाँले। फाइदा पनि उहाँले नै लिनु भएको होला। म आध्यात्मिक प्रकारको मान्छे हो। मैले गाली दिनेलाई पनि लाइक गरेको छु। गलत बाटोमा छु भने उहाँहरुको आलोचनाबाट फर्किनुपर्छ। गीत भनेको एउटा सर्जकका लागि नेता चुनावमा उठेजस्तै हो। जित्ने महत्वाकांक्षा हुन्छ। हार पनि हुन सक्छ।

त्यसैले मेरो यो तीज गीत अहिले चुनावमा उठेको छ। जित्यो भने ठीकै छ। म हार्दैमा पनि केही हुन्न। १७ वर्षको उमेरसम्म खाइनखाई हिँडियो। यो गीतमा बहिनीले गल्ती गरेको हो।  मेरो ६ सय १ औं गीत हो यो। त्यसैले एउटा गीतका कारण मलाई धेरै गाली गर्नुहोला जस्तो लाग्दैन।

तपाईंका अधिकांश गीतमा द्विअर्थी लाग्ने शब्द हुन्छन्। तपाईंको स्वभावै यस्तै हो कि कसैबाट प्रभावित?
म आफैं त्यस्तै हो। मैले कहाँबाट सिकें भनेर अनुसन्धान गरें आफैंमाथि। हजुरबुबाबाट रहेछ। हुजरबुबा अलि उटुंग्याहा स्वभावको हुनहुन्थ्यो। एउटा घटना सम्झिन्छु-हजुरबाले आज स्कुल नजा भन्नुभयो। मैले किन नजाने? भने। उहाँले मगरगाउँमा केरा खान जाने भन्नुभयो। अनि आमाले गाली गर्नुहुन्छ भन्थें। आमालाई पेट दुखेको भन, ज्वरो आयो भनिस् भने छामेर थाहा हुन्छ। मेलापात गएपछि जाउँला भन्नुभयो। मगरगाउँ गएपपछि भन्नु हुन्थ्यो-यो केटो केरा खान नपाएर स्कुल गएन। कोसँग छन् ल्याउ। यस्तो हुनुहुन्थ्यो उहाँ।

शृंङ्गारिक हुन मोतीराम भट्टसँग सिकें। उहाँको एउटा लाइन छ-छिन्न चुरा बजे अनि उहाँ ब्युझिनु भो, नसोध संगिनीहरु त्यसपछि के भो? संगिनीले बिहेमा के हुन्छ भनेर सोध्दा दिएको उत्तर थियो यो। यसले छोयो र यही धार समाते। शृंङ्गारिक रसलाई मलजल गरेको छ।  समाजले घटेको घटना र मनोभावना नै गीतमा आउने हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोमान्टिक पनि उत्तिकै हुने। मेरो आँखामा आँशु सुहाउँछजस्ता अति निराशाका गीत पनि तपाईं नै लेख्नुहुन्छ!
जीवनको पाटो रैछ। हिँड्दै जाँदा फूलसँग आकर्षित भइयो भने एउटा चिज फुर्छ-मै राम्री कि राम्रो हो जवानी। फूल टिप्न खोज्दा काँडाले घोच्छ-तिम्रो फोटो हजारको नोटमा होस् लेख्छु। जीवनको प्रक्रिया रहेछ।

तपाईंको पहिचान लोक गीतमा छ। एकनारायणसँग राम्रो लोक गीतको अपेक्षा गर्छन्। त्यो अपेक्षा कहिलेकाहीँ यसैगरी टुक्रिन्छ। जानाजान हुन्छ वा कहिलेकाहीँ पर्न जान्छ?
दर्शक एउटा बाटोमा छन्। जीवनभन्दा टाढा धेरै कुरा खोज्नु हुन्न। धेरै आदर्शवादी हुनुहुन्न। चर्चित हुने चाहना सबैलाई हुन्छ। त्यतातिर लाग्दा कहिलेकाहीँ गल्ती हुन जान्छ। लाइसेन्स भएको मान्छेको गाडी पनि दुर्घटनामा पर्छ। कहिलेकाहीँ आफूले राम्रो अर्थमा बोलिन्छ, अर्को अर्थ लाग्न सक्छ। यो पनि कहीँकतै त्यस्तै भएको होला।

यही गीतमा एउटा शब्द छ ‘उरन्ठ्याउला केटाहरु डिस्टर्ब नगर’। तर, के देखियो भने उरन्ठ्याउला केटाहरुलाई पन्छाएर उरन्ठ्याउली केटी अगाडि ल्याएको जस्तो देखियो!
भिडियो र गायन शैलीले त्यस्तो अर्थ लाग्यो। बहिनीले लयमा अलिकति परिवर्तन गरेकी हुन्। उहाँको बोल्ड आउँदो रहेछ। पहिले ज्योती बहिनीसँग काम गर्दा पनि त्यस्तो आयो। सबै कुरा आफूले गरिँदैन। भिडियोमा म जान्न। त्यसले समस्या आएको हो। तर, व्यक्तिगत रुपमा गायनका हिसाबले यी दुवै बहिनी मलाई मन पर्छन्। उनीहरुको साधना पनि छ। कुरा के हो भने यो भिडियोबाट पनि शिक्षा पाएँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गीत लेखेपछि ताली पाइने है?
लोकगीत भन्नेबित्तिकै संकलन छैन। शब्द/संगीत भनेपछि बनाएको चिज हो। बनाएको चिजमा कमजोरी हुन्छ। हिजो ताली बजाएर आमाले गाउने गीतबाट आज यहाँ पुग्यो। प्रजापति दाइले पनि गाली खानु भयो। पछि राम्रो भयो। कोमल वली दिदीले पनि गाली खानु भयो। पशुपति शर्माजीले पनि गाली खानु भयो। दुर्गेश थापा भाइले पनि गाली खानु भयो तर राम्रै भयो कि क्या झैं लाउँछ।

मेरो कुरा गर्दा गाडा हेरेर गाडी बनाएको हो। अहिले गाउँमा जाँदा म लोकगीत भेट्दिनँ । बरु हामीले बनाएका र हिन्दी गीतमा नाचेको देख्छु। 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
गोपिकृष्ण र जमुना खतिवडाको ‘दिलको राजा दिलकी रानी’ सार्वजनिक (भिडियो सहित) गीतको रेकर्डिङ अनिश योञ्जनले त्रिताल रेकर्डिङ स्टुडियो अनामनगरमा गरेका हुन् । मिक्सिङ सुन्दर लामाले गरेका छन् भने गिटारमा सबिर कार्क... आइतबार, वैशाख २१, २०८२
सुर समीक्षा : जबर्जस्त सन्देश घुसाइएको औसत भजन 'दमाई महाराज' [भिडियाे] आइतबार, साउन ७, २०८०
लोकको व्यथा लयबद्ध गरिएको ‘पैसा सापटी’ निकटस्थ ठानेर अप्ठ्यारो परेको बेला गुण लगाउन पैसा सरसापट लिनुदिनु सामान्य कुरा हो। तर, परिस्थिति सहज भएपछि पैसा फिर्ता हुनु परको कुर... बिहीबार, फागुन १८, २०७९
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्