काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेकपाका दुई अध्यक्षको बैठक बिना निष्कर्ष टुंगियो, नेतृत्वलाई ठण्डा दिमागले सोच्न नेकपाका ११ नेताको आग्रह, एकता जोगाउन धुम्बाराहीमा केन्द्रीय सदस्यको धर्ना । ( निष्कर्षविहीन अध्यक्षद्वयको बैठक)
२) काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा ३२ पुगे मृतक, शुक्रबार थपिएका ७४० जनासहित कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५९ पुग्यो । ( नेपालमा ३२ पुगे मृतक )
३) नेपाल भित्रिएको सलहले विभिन्न जिल्लामा १ हजार ६३ हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पु¥याएको प्रारम्भिक तथ्यांक, तरकारी र मकैमा बढी क्षति । (सलहले १ हजार ६३ हेक्टरमा क्षति )
४) स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले बार्सिलोनासँग बनायो चार अंकको अग्रता, रामोसको गोलमा गेटाफेलाई १–० गोलअन्तरले हराउँदै रियलको जित । ( रियलको चार अंकको अग्रता )
५) र, सेना प्रमुखसहित लद्दाख पुगे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ‘विस्तारवादको युग अन्त्य भइसकेको भनाइ, लद्दाख भारतका एक अर्ब ३० करोड नागरिकको गर्वको प्रतीक भएको दाबी । ( लद्दाख पुगे मोदी )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।