काठमाडौं- नेपाल भित्रिएका सलहका दर्जनौं झुण्डले विभिन्न जिल्लामा १ हजार ६३ हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्याएको प्रारम्भिक तथ्यांक आएको छ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिलाई सलहले कृषिबालीमा पुर्याएको क्षतिबारे यस्तो विवरण जानकारी गराएका हुन्।
सचिव भारीका अनुसार दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुर्याएको छ। सलहले बढीजसो तरकारी र मकैबारीमा क्षति पुर्याएको उनले बताए।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले अहिले सलहका झुण्डहरू अर्घाखाँची, पाल्पा, दाङ र प्युठानतिरबाट उत्तर पश्चिममा उडान भरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।