सर्लाही- आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा लिटल बुद्धका नामले चिनिने रामबहादुर बम्जन (रामलाल बम्जन) विरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बिहीबार जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दायर गरेको हो। पटक पटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हाे।
१४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको सर्लाहीका जिल्ला न्यायाधीवक्ता केशवप्रसाद गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।