• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा 'उथलपुथल' ल्याउने बालुवाटारका ८ घण्टा

64x64
वीरेन्द्र ओली बिहीबार, असार १८, २०७७  २१:२७
1140x725

काठमाडौं-  स्थायी कमिटीको बैठककै बीचमा मन्त्रिपरिषद्को बैठक राखेर एकाएक संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद उत्कर्षमा पुग्यो। खारेज भइसकेको दल दर्तासम्बन्धी अध्यादेश पुनः ब्युँताउने तयारीका लागि नै मन्त्रिपरिषद्‍ले यस्तो निर्णय गरेको आशंकापछि प्रधानमन्त्री निवास बालुवाटारमा नेपकाका नेताहरुको दिनभर दौडादौड चलिरह्यो। 

बिहीबार बिहानैदेखि खुमलटार, बालुवाटार र शीतल निवासमा भएको नेताहरुको ओहोरदोहोरेले कोरोना संक्रमण जोखिमले बढाएको चासो र चिन्तालाई ओझेलमा पारेको थियो। कोठा-कोठामा गोप्य बैठक, राष्ट्रपतिसँग प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटका शृंखला र नेताहरुबाट आइरहेका चिन्ताजनक अभिव्यक्तिले राजनीतिक वृत्तमा कम्पन र पारकम्पन ल्याइरहे। दिनभर इपिसेन्टर बन्यो प्रधानमन्त्रीको सरकारी निवास।

पछिल्लो पटक देखिएको विवाद नेकपाका लागि नयाँ  भने होइन। दुवै अध्यक्षबीच शक्तिसंघर्ष शुरु भएको लामो समय व्यतीत भइसकेको छ। नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतका समेत यो विवादबाट अछुतो छैनन्। प्रधानमन्त्री ओली कहिले सचिवालयको बैठकमा घेरामा पर्थे त कहिले सरकारका सुस्त काम र भ्रष्टाचारको निशानामा पर्थे। विवाद उत्कर्षमा पुगेपनि संकट टार्न सफल हुँदै आएका उनी बिहीबार भने विवाद किनारा लगाउन सफल भएनन्।

स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका बहुमत सदस्यले राजीनामा मागेपछि असुरक्षित महसुस गरेका उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत सक्रिय भएको अभिव्यक्ति दिएर संकट र अविश्वास थप बढाएका थिए।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिपछि गुटका भेलाको संख्या बढ्यो। बुधबारको बैठकलगत्तै बेलुका साढे ५ बजे अध्यक्ष प्रचण्डले ललितपुरको एक रेस्टुराँमा आयोजना गरेको भेलामा ३० स्थायी कमिटी सदस्य सहभागी भएर बिहीबार स्थायी कमिटी बैठक प्रस्तुत हुने रणनीति बनाएको सूचना पाएपछि प्रधानमन्त्रीले राष्ट्रपति निवास पुगेर आफू निकट स्थायी कमिटी र कानून विद्सँग परामर्श गरेका थिए। गुटगत भेला र परामर्श विवाद समाधानको साधक बन्न सकेन। उल्टो टकराब बढाउन मलजल गर्‍यो। त्यसको प्रभाव बिहीबार दिनभर बालुवाटारदेखि शीतल निवाससम्म देखियो। 

तनावपूर्ण बिहीबार
बिहीबारको स्थायी कमिटी बैठकमा यस अगाडिको बैठकमा धारणा राख्न नपाएका नेताहरु बोल्ने पालो थियो। बिहीबारको बैठकमा बोल्ने नेताहरुमध्ये उनको राजीनामा माग्नेकै स्वर बलियो हुने पक्का थियो। त्यसैले प्रधानमन्त्री ओली बैठक अल्मल्याउने रणनीतिमा थिए।

उनले बिहीबार ११ बजे तोकिएको स्थायी कमिटीको बैठक अगाडि बिहान अर्का अध्यक्ष प्रचण्डलाई अधिवेशनका विषयमा छलफल गर्न चाहे। तर, प्रचण्डले भेट्न नसकिने जानकारी फोनमा ओलीलाई गराए। नभेट्ने सन्देश पाएपछि ओलीले प्रचण्डसँग सल्लाह नै नगरी मध्यान्न १२ बजे क्याबिनेट बैठक राखे।

यस अगाडिको बैठकमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि परेको निवेदनले पार्टी विभाजनको आशंका बढाएको थियो। प्रचण्ड, बामदेव गौतम लगायत नेताले नेकपा एमाले नाममा पार्टी खोल्ने रणनीतिकार ओली नै भएको दाबी गरेका थिए।

Ncell 2
Ncell 2

बिहीबार एकाएक मन्त्रिपरिषद्को बैठक डाकिएपछि नेताहरुको मनमा चिसो पस्ने पस्यो। अध्यक्ष प्रचण्डले ओली निकट स्थायी कमिटी सदस्यलाई बिहान साढे ८ बजे बोलाएर करिब १० बजेसम्म छलफल गरेका थिए। बैठकमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेललगायत ओली पक्षका ८ जना स्थायी कमिटी सदस्य थिए। छलफलमा सहभागी स्थायी कमिटी सदस्यहरुले पार्टी एकतालाई बचाएर लग्नुपर्ने भनेपनि त्यसमा ठूलो जोड नगरेको खुमलटार स्रोतले बताएको छ। प्रचण्डले पनि २ घण्टा ओली निकट नेताहरुको मनोविज्ञान बुझ्न सदुपयोग गरे।

यता प्रचण्डले बोलाएको बैठक सकिएपछि नेकपाका शीर्ष नेताहरु स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगे। वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेता बालुवाटार पुग्दा प्रचण्ड पुगेका थिएनन्। उनी अली ढिलो गरी बालुवाटार पुगे।

प्रचण्ड बैठकका लागि बालुवाटार पुग्नुअगाडि प्रधामन्त्री ओली बिहान ११:१४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास हुईँकिए। उनीहरुले केही बेर ओलीलाई कुरे। तर उनी उपस्थित नभएपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सुरु गरे। 

१२ बजेतिर प्रधानमन्त्री ओली बालुवाटार प्रवेश गरे। तर बैठक हलतिर जानुको साटो बैठक हलको पछाडिको भवनमा छिरे। त्यहाँ प्रधानमन्त्री आउँनुअघि नै केही मन्त्रीहरु आइसकेका थिए। त्यही मन्त्रिपरिषद् बैठक हुँदै थियो।

बैठक हलमा रहेका मन्त्रीहरु एक-एक गरी उठेर मन्त्रिपरिषद् बैठकस्थलतिर गएपछि मात्रै प्रचण्डले मन्त्रिपरिषद् बैठक डाकेको चाल पाएका थिए। स्थायी कमिटी बैठक हुँदाहुँदै मन्त्रिपरिषद् बैठक राखेको चाल पाएपछि प्रचण्ड मन्त्रिपरिषद् बैठक किन राख्नु पर्या होला भन्दै दिक्क मानेको एक स्थायी कमिटी सदस्यले बताए। 

बैठकमा आमन्त्रित स्थायी कमिटी सदस्य केशव बडाल र अमृत बोहराले बोलिसकेका थिए। स्थायी कमिटी सदस्य वर्षमान पुन उठेर कि त उताको बैठकलाई निरन्तरता दिनु पर्‍यो कि यताको भनेर माग राखे। भीम रावलले आधा घण्टाका लागि बैठक स्थगत गरौँ भनेपछि स्थायी कमिटी बैठक रोकियो। 

मन्त्रिपरिषदमा अर्थमन्त्री डा युवराज खतिवडा, भूमि व्यवस्थामन्त्री पदमा अर्याल, सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलगायत केही मन्त्री मात्रै सहभागी थिए। वर्षमान पुन, ईश्वर पोखरेललगायत मन्त्री स्थायी समितिको बैठक हलबाट बाहिरिँदा मन्त्रिपरिषद्को बैठक भइरहेको हलमा नपुग्दै बैठक सकिइसकेको थियो। एक मन्त्रीका अनुसार मन्त्रिरिषद बैठक ५ मिनेटमै सकिएको थियो। 

संसद अधिवेशन अन्त्यको निर्णयले खैलाबैला
स्थायी कमिटीको बैठकमा चेपुवामा पर्दै गएका प्रधानमन्त्री ओलीले एकाएक मन्त्रिपरिषद्को बैठक कुनै सरकारी अड्को फुकाउन राखेका थिएनन्। मन्त्रीपरिषद्बाट कुनै अप्रिय निर्णय आउनसक्ने संकेत आइसकेको थियो। त्यहीबीच मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सूचना बाहिरिए लगत्तै स्थायी कमिटी बैठकस्थलमा खैलाबैला भयो।

बैठक हलभित्र भएका अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत नेताहरु हल बाहिर आए। उनीहरु कानेखुसी गर्दै छलफल गरेको सञ्चारकर्मीहरू रहेको स्थानबाट प्रष्ट देखिन्थ्यो। प्रायः नेताहरु उत्साहित मुद्रामा थिएनन्। यही बीचमा फेरी दल दर्तासम्बन्धी अध्यादेशको चर्चा शुरु भयो। संसद अधिवेशन जारी रहेको अवस्थामा अध्यादेश ल्याउन नसकिने भएकाले स्थगित गराइएको आशंका बढ्यो।

संसद अधिवेशन स्थगनको निर्णय सुनेपछि प्रचण्डसहित खनाल, नेपाल, गौतमलगायत नेता प्रधानमन्त्रीको सरकारी निवासमा गए। त्यही भवनमा सवा १२ बजेबाट शुरु भएको छलफल २ घण्टासम्म गयो। स्थायी कमिटी सदस्यहरु बैठक शुरु हुने/नहुने अन्यौलमा बैठकस्थलमै थिए।

भेटमा प्रचण्डले संसद अधिवेशन किन स्थगन गरेको भन्दै प्रश्न गरेका थिए। जवाफमा ओलीले 'कुनै दल फुटाउन अध्यादेश ल्याउन वा अन्य कुनै उद्देश्यका लागि भन्दा पनि बेला भइसेकाले स्थगन गरेको' जवाफ दिएको एक स्थायी कमिटी सदस्यले बताए।

ओलीको जवाफमा चित्त नबुझेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न २ बजेर ३७ मिनेटमा शीतल निवास जान बालुवाटारबाट निस्किए। स्रोतका अनुसार राष्ट्रपतिसँगको भेटमा प्रचण्डले पार्टीमा समस्या भएकाले यो विचमा कुनै अध्यादेश प्रमाणित नगर्न आग्रह गरे। राष्ट्रपतिले पार्टीमा सहमति गरेर अघि बढ्न प्रचण्डलाई आग्रह गरिन्।

शीतल निवासबाट प्रचण्ड नफर्किँदासम्म स्थायी कमिटी सदस्यहरू घरी बैठकस्थलभित्र त घरि बाहिर गरेर बिताए। त्यही बेला खाजा खाने समय भएकाले केही नेताहरू खाजा खानतिर लागे। प्रचण्ड शीतल निवासबाट फर्किन ढिला गरेपछि केही स्थायी कमिटी सदस्यमा निराशा बढेको थियो। 

हलबाट बाहिर निस्किएका आमन्त्रित स्थायी कमिटी सदस्य एजके प्रसाईले सञ्चारकर्मीलाई पार्टी बैठकले गम्भीर अवस्थामा पुर्‍याएको प्रतिक्रिया दिए। लगत्तै अर्का आमन्त्रित स्थायी कमिटी सदस्य केशव बडाल निस्किए। उनले बैठक अब चल्दै होला भनेर बाहिर निस्किएको प्रतिक्रिया दिए। ३ बजेर ३४ मिनेटमा प्रचण्ड शीतल निवासबाट बालुवाटार फर्किएर बैठकस्थलमा पुगे। 

उनले घटनाक्रमका विषयमा विस्तुत रुपमा बैठकलाई जानकारी गराएका थिए। प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको भेटघाटका विषयमा जानकारी गराएपछि बेलुका ४ बजेर २५ मिनेट स्थायी कमिटी बैठक स्थगित भयो। बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले 'पार्टीमा गम्भीर संकट आएकाले एक दिनका लागि बैठक स्थगित गरिएको प्रक्रिया दिए। उनले भने, 'पार्टी एकतालाई जोगाउन अन्तिमसंम्म हरहालत प्रयत्न गरिने छ।' बैठक स्थगित भएपछि बाहिरिएका नेताहरुको मुहारमा बिहीबार दिनभरको उथलपुथलले बढाएको चिन्ता देखिन्थ्यो।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  २१:२७
  • #नेकपा-स्थायी
  • #संसद-अधिवेशन-अन्त्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने पुराना पार्टी नसुध्रिने तथा नयाँ पार्टीहरू राजनीतिप्रति परिपक्व नहुँदा आफूहरूले नयाँ अभियान साथ पार्टी पुनः गठन गर्ने बताउँदै कायवाह... सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको थापागाउँस्थित सम्पर्क कार्यालयमा नेताहरूको भेला जारी छ । सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्