• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बहुविवाहसम्बन्धी एक फैसला : जसले जाहेरी लेखिदिने प्रहरीलाई ठहर्‍यायो दोषी

64x64
नारायण अधिकारी शुक्रबार, असार १९, २०७७  ०७:४२
1140x725

काठमाडौं-‘मेरो पति राजेन्द्र मगर र शान्ता मगरबीच २०७६ कात्तिक २५ गते विवाह भएको छ। पतिले दोस्रो विवाह गरेकाले बहुविवाहको कसुरमा कारबाही गरी पाऊँ’ यही व्यहोरोको जाहेरी दरखास्त प्रहरीमार्फत् सरकारी वकिल हुँदै जिल्ला अदालत काठमाडौंसम्म पुग्यो।

जाहेरी दरखास्त दिने महिला हुन्, राजेन्द्रकी पहिली श्रीमती शर्मिला। शर्मिला र राजेन्द्रबीच २०५१ फागुन १५ गते विवाह भएको थियो। उनीहरुका तीन सन्तान पनि छन्। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका राजेन्द्र दुई वर्षअघि नेपाल फर्किएका थिए।

‘पतिले कमाएको रकम मलाई नदिने, सन्तानको पालनपोषणसमेत नगर्ने, मलाई गालीगलौज गर्ने, कुटपिट गर्ने, प्रायः कोठामा नआउने। शंका लागेर बुझ्दै जाँदा कालोपुल डेरा गरी बस्ने शान्तासँग विवाह गरेको रहेछ,’ महानगरीय प्रहरी परिसर काठमाडौंमा गत मंसिर १ गते दिइएको जाहेरीको यही विवरण खुलाइएको थियो।

जाहेरी दरखास्त दर्ता भएसँगै काठमाडौं परिसरले बहुविवाहको कसुरमा राजेन्द्र र शान्तालाई पक्राउ गरेर हिरासतमा राख्यो। उक्त मुद्दा अदालतसम्म पुग्यो। ‘शर्मिलासँग २०५१ फागुन १५ गते विवाह भएको हो। उनीहरुबीचको सम्बन्ध पहिला राम्रो थियो। पछि बिग्रँदै गयो। म विदेश गएँ। विदेश जानुअघि सँगै गार्मेन्टमा काम गर्ने शान्तासँग चिनजान थियो। विदेशबाट फर्किएर २०५६ मंसिर २५ गते बिहे गरेँ,’ अदालतमा राजेन्द्रले आफूमाथि लागेको आरोपमा बयान दिए।

राजेन्द्रले दिएको बयान र बहुविवाहको कसुरमा लेखिएको जाहेरीको मेल खाएन। जोहरीमा एक महिना अघि बहुविवाह गरेको खुलाइएको थियो। तर बयानमा राजेन्द्रले २० वर्षअघि बिहे भएको रहस्य खुलाए। कुरो बाझियो। जबकि मुलुकी अपराध संहिता अनुसार बहुविवाह भएको ३ महिनाभन्दा पछि उजुरी दिन पाइँदैन। राजेन्द्रको बयान अनुसार उक्त जाहेरी बेकामे देखियो।

यही कसुरमा प्रतिवादी बनाइएकी राजेन्द्रकी कान्छी श्रीमती शान्तासँग पनि जिल्ला अदालत काठमाडौंमा बयान लिइयो। शान्ताले पनि उही कुरा दोहोर्‍याइन्-२०५६ मंसिर २५ गते बिहे भएको। ‘बिहे भएको २/३ महिनापछि राजेन्द्रको अर्की श्रीमती भएको थाहा पाएँ। सँगै मिलेर बसौंभन्दा शर्मिला मानिनन्। त्यसपछि कालोपुलमा हामी छुट्टै बस्यौं। २०६६ सालमा सासुको निधन हुँदा शर्मिलासँगै किरिया बसेकी हुँ,’ बयानका क्रममा शान्ताले जाहेरी दरखास्तलाई झुटाे देखाउने अर्को तथ्य दर्शाइन्, ‘बाबुको ठाउँमा राजेन्द्रकै नाम राखेर मेरो छोरीले समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेकी छ।’

राजेन्द्र र शान्ताले दोस्रो विवाह गरेको पुष्टि भएको तर उनीहरुबीच विवाह भएको कुरा शर्मिलाले भर्खर थाहा पाएको हुन सक्ने तर्क गर्दै काठमाडौं जिल्ला अदालत २०७६ मंसिर १५ गते दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो। सँगै प्रतिवादीले दिएका बयानअनुसारका कागजात भए पेस गर्न र जोहेरी दिने शर्मिला मगरलाई समेत ७ दिनभित्र अदालत उपस्थित गराउन सरकारी वकिलको कार्यालयलाई अदालतले आदेश गर्‍यो।

२० वर्ष पहिला गरेको बिहेमा किन अहिले बहुविवाहको उजुरी? शर्मिलाले अदालतमा उपस्थित भएर यो प्रश्नको जवाफ दिइन्, ‘छोराहरु र मलाई नहेरेकाले आफूले पाउनुपर्ने अंश र मानाचामल पाऊँ भनेर उजुरी दिन प्रहरीकोमा गएकी थिएँ। मेरो कुरा राखेपछि काँधमा दुई वटा तारा भएका सईसाहेबले निवेदन लेखिदिनु भयो। म लेखपढ गर्न जाँन्दिनँ। के भनेर लेख्नुभयो मलाई पढेर पनि सुनाइएन। सहीछाप हानेँ। मैले बहुविवाहको कसुरमा कारबाही गरिपाऊँ भनेर उजुरी दिएको होइन।’

Ncell 2
Ncell 2
nimb
nimb

उजुरीकर्ताकै बयान उजुरीमा भएको व्यहोरासँग मेल खाएन। प्रतिवादी बनाइएका व्यक्ति र उजुरीकर्ताको कुरा मिल्यो। शर्मिलाले अदालतमा भनिन्, ‘मेरा पति राजेन्द्रले दोस्रो बिहे गरेको ४/५ महिनापछि नै थाहा पाएको हुँ। ९ वर्षअघि यसबारे कालिमाटी चौकीमा उजुरी गर्न जाँदा उजुरी लागेन।’

राजेन्द्रलाई पति उल्लेख गरी शान्ताले काठमाडौंबाट नागरिकतासमेत लिएको तथा छोराछोरीले समेत राजेन्द्रकै नामबाट नागरिकता लिएको प्रमाण अदालतमा पेश भयो। जाहेरी दरखास्तको व्यहोरा जाहेरी दिने व्यक्ति स्वयं अदालतमा उपस्थित भई बकपत्र गरेमा मात्र प्रमाणका रुपमा रहने प्रावधान छ।

सोही अनुसार जाहेरीवाला शर्मिलाले अदालतमा बयान दिँदा आफूले बहुविवाह मुद्दामा जाहेरी नै नदिएको बताएकी थिइन्। नागरिकता बिहे दर्ता, प्रतिवादी बनाइएकाको बयान र जाहेरीवालाका बकपत्र अनुसार बुहविवाहको कसुरमा निवदेन नै नदिएको पुष्टि भएको तथ्य अदालतले केलाएको थियो।

आफ्ना श्रीमानले दोस्रो बिहे गरेको २० वर्षअघि नै थाहा पाएको, शान्तासँगै सासुको किरिया गरेको जस्ता बयानले शर्मिलाले दिएको उक्त उजुरी बेकामे देखियो।

तर कुरा रह्यो, बहुविवाह गरेको थाहा पाएको तीन महिना नाघिसकेपछि दिन नमिल्ने उजुरीलाई भर्खरै बिहे गरेको बनाएर कसले जाहेरी दियो? अदालतमा बकपत्र गराउँदा काठमाडौं परिसरका सईले उक्त जाहेरी लेखिदिएको बयान जाहेरीवाला शर्मिलाले दिएकी थिइन्।

ती सई प्रेमबहादुर रावलले मानाचामल भराउन माग गर्दै गएकी शर्मिला मगरलाई सही कानूनी सल्लाह नदिई वा सोसम्बन्धी कानुनी उपचारको सही मार्ग नदेखाई गुमराहमा राखी, गलत व्यहोराको जाहेरी तयार गरेको निष्कर्ष जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गर्‍यो।

प्रतिवादीहरुले २०५६ मा विवाह गरेको शर्मिलालाई सोहीबेलै थाहा भएको, सासू बित्दा जाहेरीवालासँगै बसी एउटै थलोमा काजक्रियासमेत गरेको, प्रतिवादी राजेन्द्र मगरलाई पति उल्लेख गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसकेको, छोराछोरीले पनि नागरिकता लिइसकेको प्रहरीलाई बयान दिए पनि यसबारे कुनै अनुसन्धान नै नगरेको तर्क अदालतले गर्‍यो। 

झुटा उजुरी दिएर निर्दोष मान्छेलाई फसाउने काममा सई रावल लागेको निष्कर्षमा अदालत पुगेको थियो। अब प्रतिवादी बनाएका राजेन्द्र र शान्ता होइन, प्रतिवादी त सई रावल पो देखिए।

अपराध संहिता, २०७४ ले बदनियतपूर्वक अनुसन्धान गर्ने कार्यलाई प्रतिवादीको व्यक्तिगत स्वतन्त्रतामाथिको अतिक्रमण वा कानुनको गलत प्रयोग मानी कानुन, नजिर एवं न्यायका सर्वमान्य सिद्धान्तविपरीत जथाभावी अनुसन्धान र अभियोजन गर्ने कार्यलाई फौजदारी कसूर कायम गर्ने विधायिकी मनसाय मान्ने गरेको छ। 

यसअघि पनि रावल कसुरदार ठहरिएर सजाय पाएको र उनको चालचलन यसअघि पनि खराब रहेको र अहिले पनि बद्नियतपूर्ण तरिकाले गलत निवेदन दर्ता गराएको भन्दै जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई गत फागुनमा दोषी ठहर गरेको थियो।  मुद्दाको फैसला भने भर्खरै सार्वजनिक भएको हो।

अपराध संहिता, २०७४ को दफा  दफा ९९ को उपदफा (२) बमोजिम सई रावललाई १ महिना कैदको फैसला सुनाएइएको छ। यो फैसलासँगै उनको जागिरसमेत जानेछ। अदालतको यो फैसला भने ऐतिहासिक छ। अहिलेसम्म झुटा जाहेरी दर्ता गराएको आरोपमा कुनै प्रहरी अधिकारीले सजाय पाएका थिएनन्। अझ मुलुकी अपराध संहिता आउनुपूर्व त झुटा उजुरी दर्ता गराउनेमाथि कारबाही हुने कानुनी आधार नै थिएन।

यो फैसलापछि मुद्दा फाँटमा काम गर्ने प्रहरी अधिकारी भने तरंगित भएका छन्। लामो समयसम्म मुद्दा शाखामा रहेर काम गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘रिसइबी साँध्नकै लागि पनि प्रहरीमाथि यस्तो हतियार प्रयोग हुन सक्ने भयो। जाहेरीवालाले आफैं उजुरी दिने र झुटा हो भन्न सक्ने भए। अदालतको यस्तो फैसलाले मुद्दा शाखामा वितृष्णा पैदा हुन्छ।’

अदालतले ठाडो आदेशमा फैसला गर्न नमिल्ने उनको तर्क छ। अपराध संहिताको दफा १३८ अनुसार झुटा उजुरीबारे छानबिन गर्न एक समिति गठन गर्ने व्यवस्था छ। झुटा उजुरी आएको लागेमा अदालतले उक्त समितिलाई छानबिन गर्नू भनेर लेखी पठाउनुपर्ने प्रावधान छ।

समितिले उजुरीका सम्बन्धमा आवश्यक सबैसँग बयान लिइसकेपछि कारबाही गर्नुपर्ने देखिएमा सरकारी वकिलको कार्यालयलाई मुद्दा दर्ता गराई प्रक्रिया अघि बढाउनू भनी लेख्नुपर्ने हुन्छ। त्यसपछि मात्रै अदालतले झुटा उजुरीको आरोपमा कारबाही गर्न मिल्ने ती अधिकृतले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्