• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आइजी प्रतिस्पर्धीका रणनीति : मिडियामा मौन बस्ने, शक्ति केन्द्रमा लबिङ् गर्ने

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १४:३५
1140x725

काठमाडौं- नेपाल प्रहरीको २८ औं संगठन प्रमुखको प्रतिस्पर्धा शुरु भएसँगै आरोप प्रत्यारोप देखिएको छैन यसपाली। प्रहरी महानिरिक्षकका प्रतिस्पर्धी एआइजी शैलेश थापा क्षेत्री र हरि पाल एक अर्काको टिप्पणीमा मौन नै देखिन्छन्। 

विगतमा प्रतिस्पर्धीबीच शत्रुतापूर्ण सम्बन्ध देखिन्थ्यो। यसपाली भने उनीहरु सार्वजनिक कार्यक्रममा समेत सँगै सहभागी हुने गरेका छन्। प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले असार २४ मा अनिवार्य अवकाशमा पाउँदैछन्। ३० वर्षे सेवा हदका कारण उनको अवकाश हुन लागेको हो। 

अहिले प्रहरीमा प्रशासनतर्फ तीन एआइजी छन्। उनीहरुमध्ये पहिलो नम्बरका एआइजी तारिणी लम्साल पनि आइजी ज्ञवालीकै ब्याची भएकाले उनीसँगै असार २४ गते अवकाश हुनेछ। जसकारण क्षेत्री र पालमात्रै आइजीका प्रतिस्पर्धी हुन्।

जानकार स्रोतका अनुसार यी दुवै प्रहरी प्रमुख बन्न आ-आफ्नै प्रकारले लबिङ् गर्ने तर सार्वजनिक रुपमा आलोचना नगर्न सहमति भएको थियो। सहमतिअनुसार दुवै सञ्चारमाध्यममा एक अर्काको आलोचनाबाट जोगिँदै आएका छन्। तर आफै बन्न शक्तिकेन्द्र धाउने क्रम भने जारी छ। यी दुईमध्ये जो आइजी भए पनि २०७९ वैशाख १८ गतेसम्म नेतृत्व सम्हाल्नेछन्।

बल्ल एआइजीबाट आइजिपी
अहिलेका आइजी ज्ञवाली तथा उनीभन्दा अघिल्ला आइजी सर्वेन्द्र खनाल, प्रकाश अर्याल एआइजी नभएकाले डिआइजीबाटै सिधै आइजी भएका थिए। प्रहरी नियमावली २०७१ अनुसार आइजीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक एआइजीमध्येबाट गर्नुपर्ने उल्लेख छ। तर, एआइजी नभएको अवस्थामा सरकारले डिआइजीमध्येबाटै आइजिपी नियुक्ति गर्न सक्ने व्यवस्था छ। 

nimb
nimb
Ncell 2
Ncell 2

एकै ब्याची,फरक स्वभाव
क्षेत्री र पाल सँगै २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका थिए। उनीहरु ब्याची हुन्। तर यी दुवैको स्वभाव भने फरक छ। नीति निर्माण तहमा क्षेत्री अब्बल मानिन्छन् भने कमाण्ड कन्ट्रोलमा पाल निपुण मानिन्छन्। क्षेत्री अहिले मानव स्रोत एवं प्रशासन विभागमा प्रमुख छन् भने पाल अपराध अनुसन्धान विभागको जिम्मेवारीमा छन्। यसभन्दा अघि डिआइजी हुँदा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय रानिपोखरी (मेट्रो) तथा केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै एसपी हुँदा कास्की, झापाको कमाण्ड सम्हालेका क्षेत्रीले डिएसपी हुँदा धादिङ प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए। इन्सपेक्टर हुँदा सल्यान, सिन्धुपाल्चोकमा समेत क्षेत्रीले काम गरिसकेका छन्।

क्षेत्रीले लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन्। उनी इन्स्पेक्टरदेखि एआइजी बढुवा हुँदासम्म पहिलो नम्बरमा बढुवा हुँदै आएका छन्। 

पालले डिआइजी हुँदा प्रदेश २ र विशेष ब्यूरोमा रहेर काम गरिसकेका छन्। त्यस्तै एसएसपी हुँदा संघीय प्रहरी इकाइ कोसी जिम्मेवारी सम्हालेका पालले एसपी हुँदा महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कास्की, धनुषा र रुपन्देहीको प्रहरी प्रमुख भएर काम गरेका थिए। 

डिएसपी हुँदा डडेल्धुरा, नुवाकोट प्रहरी प्रमुख भइएर पालले काम गरेका थिए। इन्स्पेक्टर हुँदा वडा प्रहरी कार्यालय धनगढी र बौद्धको नेतृत्व सम्हालेको अनुभव पालसँग छ। 

एआइजी को?
अर्का एआइजी लम्साल पनि हालका आइजीसँगै अवकाशमा गएपछि र क्षेत्री र पालमध्ये एक जना आइजी भएपछि एआइजीका दुई पद रिक्त हुन्छ। रिक्त दुई पदमा बढुवा हुन डिआइजी प्रद्युम्न कार्की, निरज शाही र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा हुनेछ। 

कार्की र शाही अहिलेका एआइजी क्षेत्री र पालकै ब्याची हुन् भने पोखरेल उक्त ब्याचको वैकल्पिक रुपमा सेवा प्रवेश गरेका थिए। यी तीन प्रतिस्पर्धीमध्ये पोखरेल एआइजीमा बढुवा भएमा भावी आइजीका रुपमा प्रष्ट देखिन्छ। कार्की र शाही दुवै एआइजीमा बढुवा भए पनि उनीहरु एआइजीबाटै घर जानेछन्।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा आए , १४ कर्मचारीको अवस्था अझै अज्ञात
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल बुधबार, भदौ १०, २०८३
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा आए , १४ कर्मचारीको अवस्था अझै अज्ञात बुधबार, भदौ १०, २०८३
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो बुधबार, भदौ १०, २०८३
मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा सशस्त्र प्रहरी बलको व्यापक उद्धार अभियान, ड्रोनदेखि K9 टोलीसम्म परिचालन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्