काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) बुधबार बोल्ने पाँचमध्ये चार स्थायी कमिटी सदस्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा, प्रधानमन्त्रीले पार्टी नभई ’ग्याङ’ चलाएर फरक मतलाई सिध्याउन खोजेको आरोप । (प्रधानमन्त्रीले ‘ग्याङ’ चलाएको आरोप )
२) अछाममा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा ३० पुगे मृतक, बुधबार थपिएका ४८२ जनासहित कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुग्यो । (नेपालमा ३० पुगे मृतक)
३) नेप्सेमा लगातार दुई दिन पोजेटिभ सर्किट, बुधबार २६ मिनेटको कारोबारमा ७५ अंकको वृद्धि, १ हजार ३ सय ३६ अंकमा पुग्यो परिसूचक । (नेप्सेमा पोजेटिभ सर्किट)
४) एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमै पुनः रोकियो बार्सिलोना, दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७० अंक, मेस्सीको सात सय गोल पूरा । (मेस्सीका ७ सय गोल)
५) र, भारतमा टिकटकसहित ५९ वटा एप्लिकेसनमाथि प्रतिबन्ध लगाएसँगै चिनियाँ सामानको बहिस्कार अभियान, भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता भएको अनुमान । (भारतमा चिनियाँ सामानको बहिस्कार अभियान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।