सांकेतिक तस्बिर
काठमाडाैं- रुकुम (पूर्व)मा श्रीमतीले श्रीमान्काे हत्या गरेकी छन्। श्रीमतीले चिर्पटले हान्दा श्रीमान्काे ज्यान गएको हो।
सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया रेश्माले दाउराले हान्दा ज्यान गएको हो। पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए।
उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी भएकाे हाे। मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ। धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए।
घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।